काठमाडौँ । काठमाडौँको ढुंगेअड्डामा बसमा आगलागी भएको छ ।
Advertisement
बा प्र०३–०१–००५ ख ९७८६ नम्बरको बसमा आगलागी भएको हो ।
बिहीबार दिउँसो चन्द्रागिरी नगरपालिका–१५ ढुंगेअड्डामा सडकमा गुडिरहेको उक्त बसमा विद्युत्को लाइन सर्ट भएर आगलागी भएको बताइएको छ ।
थानकोटतर्फ जाँदै गरेको बसको इन्जिनमा आगो सल्किएर पूरै बसमा आगो लागेको थियो ।
बस पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । यात्रुहरू भने आगो लागेको देखनासाथ निस्किएर भागेकोले सकुशल रहेका प्रहरीले जनाएको छ ।
आगलागी भएपछि चन्द्रागिरी नगरपालिकाको दमकल बोलाएर आगो नियन्त्रण गरिएको हो ।