काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्त नियुक्त भएका छन्।
Advertisement
वैशाख १८ गते मन्त्री पदबाट विद्या भट्टराईले राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पन्तलाई शिक्षामन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए।
राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई बुधबार शिक्षामन्त्री नियुक्त गरेका हुन् । मन्त्री पन्तको वरीयता आठौँ नम्बरमा राखिएको छ।
आज पुनर्गठन भएको मन्त्रिपरिषद् सदस्यको संख्या २४ पुगेको छ। आजै ओलीले ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङलाई बर्खास्त गरेका थिए। उनलाई बर्खास्त गरेसँगै २५ सदस्यीय मन्त्रिपरिषद् २४ सदस्यीय बनेको हो।
