काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई बर्खास्त गरेका छन्।
Advertisement
प्रधानमन्त्री ओलीको सचिवालय स्रोतका अनुसार बुधबार राज्यमन्त्री तामाङलाई बर्खास्त गरिएको हो।
केही समयदेखि राज्यमन्त्री पदबाट राजीनामा दिन नेपाली कांग्रेसले तामाङलाई आग्रह गर्दै आएको थियो।
उनले राजीनामा नदिएपछि बर्खास्त गरिएको हो।
सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने तयारी गरिरहँदा राज्यमन्त्री तामाङ कुलमानको पक्षमा थिए।