शङ्करप्रसाद पोख्रेल, रुपन्देही ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले लेनिनवादी सङ्गठनात्मक सिद्धान्त ध्वसत पार्न साम्राज्यवाद लागिपरेको धारणा व्यक्त गर्नुभएको छ ।
राजमो लुम्बिनी प्रदेश कार्यालयको सभाकक्षमा २०८२ वैशाख ९ गते शनिबार आयोजित एक सय छप्पनौँ लेनिन जन्मजयन्ती तथा सतहत्तरौँ पार्टीस्थापना दिवसको कार्यक्रम मन्तव्य राख्दै उहाँले सो अभिव्यक्ति दिनुभएको हो ।
‘म्राज्यवाद लेनिनवादी सङ्गठनात्मक सिद्धान्त ध्वस्त पार्न लागिपरेको छ’ उहाँले भन्नुनभयो– ‘साम्राज्यवाद त्यस कार्यक्रमा सफलसमेत भएको छ ।’
कम्युनिस्ट हुनका लागि लेनिनवादी सङ्गठनात्मक सिद्धान्त अपनाउन आवश्यक रहेको बताउँदै उहाँले सो सिद्धान्त अङ्गीकार गर्न गाह्रो रहेकोसमेत बताउनुभयो ।
फरक प्रसङ्गमा बोल्दै केसीले नेपालमा नाम मात्रका कम्युनिस्ट बाहुल्यतामा रहँदा असली कम्युनिस्ट पुँजीवादी चिन्तन र साम्राज्यवादको चपेटामा परेर रक्षात्मक अवस्था रहेको बताउनुभयो ।
उहाँले देशमा नागरिकको शिक्षा, स्वास्थ्य र सुरक्षाको जिम्मेवारी सरकारले लिनुपर्ने बताउनुभयो ।
केसीले देशका ठुला सत्ताधारी दलले शिक्षाप्रणालीलाई ध्वस्त पारेको बताउँदै नयाँ पिँढीलाई राजनीतिक ज्ञान नदिए देश खरानी बन्ने चेतावनी दिनुभयो ।
कार्यक्रममा जातीय समता समाजका अध्यक्ष तथा राष्ट्रियसभाका सांसद राजेश विश्वकर्मा, कम्युनिस्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्य, तराई मधेस जनवादी मोर्चाका अध्यक्ष बद्रे आलम, अखिल नेपाल बुद्धिजीवी सङ्घका सचिवालय सदस्य दुर्गानाथ खरेल, जनजाति सम्मेलनकी केन्द्र्रीय सचिव उषा पुन, अप्फाका केन्द्रीय सदस्य रुकबहादुर पराजुली, राजमो केन्द्रीय सदस्य इन्दिरा ज्ञवाली, रक्तिम सांस्कृतिक अभियानकी केन्द्रीय सदस्य क्षितिजा राहाडी, राजमो लुम्बिनी प्रदेश समितिका कोषाध्यक्ष गणेश गौतम र सल्लाहकार वासुदेव पोख्रेललगायतले मनतव्य राख्नुभएको थियो ।
कार्यक्रमको अध्यक्षता राजमो रुपन्देहीका अध्यक्ष टानबहादुर केसीले, सञ्चालन राजमो रुपन्देहीका सदस्य गङ्गालाल सापकोटाले र स्वागत राजमो रुपन्देहीका सचिव कृष्णप्रसाद पोख्रेलले गर्नुभएको थियो ।
