• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ४. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ५. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

मरे मरुँला भनेर राजधानीकेन्द्रित आन्दोलनमा होमिएका ८१ वर्षीय कल्लु चौधरी


  •   शुक्रबार, चैत २९, २०८१ मा प्रकाशित
  • धनवीर पुन, काठमाडौँ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाले “गणतन्त्र र राष्ट्रियताका रक्षा गरौँ, सङ्घीयताको खारेज गरौँ” नाराअन्तर्गत रहेर २०८१ चैत २४ देखि २८ गतेसम्म पाँचदिने राजधानीकेन्द्रित आन्दोलन सम्पन्न गरेको छ । सो आन्दोलनमा देशका विभिन्न जिल्ला एवम् प्रवासबाट समेत गरी हजारभन्दा बढी कार्यकर्ताको उपस्थिति थियो ।

    त्यही आन्दोलनमा कपिलवस्तुका दुई जना पाका व्यक्तिको उपस्थित हुनुहुन्थ्यो । उहाँहरू हुनुहुन्थ्यो– कल्लुराम चौधरी र अम्बिका पौडेल ।

    कल्लुराम चौधरी उमरले ८१ वर्षका हुनुभयो । उहाँ कपिलवस्तु जिल्लाको जगदीशपुर तालनजिकैको गाउँमा बस्नुहुन्छ । उहाँ कपिलवस्तुबाट राष्ट्रिय जनमोर्चाले आह्वान गरेको पाँचदिने आन्दोलनमा सहभागी हुन काठमाडौँ पुग्नुभयो ।

    ‘पार्टीमा लागेको करिब चार दशक भइसक्यो’ चौधरी भन्नुहुन्छ– ‘सेना पुलिसले गोली चलाउँछ, मरिन्छ । छोराबुहारीले आन्दोलनमा नजाऊ भनेका थिए तर मैले मानिनँ बरु मरे मरुँला, देशका लागि मरुँला आन्दोलनमा जान्छु भनेर आएको हुँ ।’

    उहाँ भन्नुहुन्छ–’आफ्ना लागि धेरै बाँचिसकेको छु । आफ्ना सन्तान र नेपालीजनले बिसाउनै नसकिने भारी बोकाउने सङ्घीयता विरुद्धमा आफूले पनि सक्दो आवाज उठाउन आएको हुँ ।’

    अम्बिका पौडेल उमेरले ७३ वर्षकी भइसक्नुभयो । बाबुको मुख देख्नसमेत नपाएका छोरा हुर्काउँदै गर्दा २४ वर्षको उमेरमा पार्टीमा आबद्ध भएकी उहाँले कैयौँ आन्दोलन, पञ्चायतकालको सास्ती, माओवादीको कथित ध्वंस, २०४४ साल र २०६३ सालमा भएका आन्दोलनलाई प्रत्यक्ष रूपमा खेप्नु र देख्नुभएको छ ।

    उहाँ पनि कपिलवस्तुबाट राष्ट्रिय जनमोर्चाले आह्वान गरेको पाँचदिने आन्दोलनमा सहभागी हुन काठमाडौँ पुग्नुभयो । पार्टीले आह्वान गर्ने जुनसुकै आन्दोलनमा प्रत्यक्ष सहभागी हुँदै र सक्रियतापूर्वक भूमिका निर्वाह गरेको उहाँ बताउनु हुन्छ ।

    ‘अहिलेको आन्दोलनमा हजुर यो उमेरमा किन सहभागी हुनुभयो भन्ने जिज्ञासाको उत्तर उहाँले यसरी दिनुभयो– ‘नेपाल र नेपालीका लागि सङ्घीयता अफाप सिद्ध भइसक्यो । यो व्यवस्थाले नेपाललाई कङ्गाल बनाउने निश्चित भइसक्यो । यसले नेपाली जनतालाई ऋणको भारी बोकाएको छ । यसको खारेजी आम नेपाली जनको जिम्मेवारी भएको छ ।’

    पौडेलको थप भनाइ थियो– यो आन्दोलनले सिङ्गो देशमा सङ्घीयता अनावश्यक भएको सन्देश पुऱ्याएको छ ।’

    शुक्रबार, चैत २९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक
    राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु
    बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)
    भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे
    कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग
    चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ४.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ५.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

    • २.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ३.
      बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

    • ४.
      भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    • ५.
      कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

    • ६.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • ७.
      लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

    • ८.
      ‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.