विष्णु शर्मा ##
जनताको दाहिने हात हौ तिमी
सामन्तको अँध्यारो रात हौ तिमी
राष्ट्रियताको पक्षपाती हौ तिमी
हेपाहाको पश्चगामी हौ तिमी
पीडितको न्याय हौ तिमी
पीडकको अन्याय हौ तिमी
भोकाहरुको आहार हौ तिमी
बिरामीको स्याहार हौ तिमी
नाङ्गाहरुको कपास हौ तिमी
लुटाहाको उपहास हौ तिमी
तिर्खाएकाहरुको पानी हौ तिमी
जनजनको बानी हौ तिमी
भ्रष्टचारीको विरोध हौ तिमी
बिचौलियाको निरोध हौ तिमी
देशप्रेमी जन्माउने कम्पनी हौ तिमी
देशको अमूल्य सम्पत्ति हौ तिमी
खुला आकासमुनि रात बिताउने तिमी
देश र जनताको भलो चिताउने तिमी
डलरमा पनि नबिक्ने तिमी
ठाँटबाट देखाउन नसिक्ने तिमी
उच्च विचारले भरिपूर्ण तिमी
दूरदर्शितामा परिपूर्ण तिमी
समस्याको सही निदान तिमी
अध्यारोपछि सुनौलो बिहान तिमी
सङ्घीयता विरुद्ध ज्वारभाटा उठायौ तिमी
देशविदेशबाट जनता जुटायौ तिमी
राष्ट्रको लागि अनिँदो बस्यौ तिमी
अहोरात्र नबिसाई खट्यौ तिमी
देशको एउटै सच्चा पार्टी जनमोर्चा हौ तिमी
परदेशबाट धेरै धेरै धन्यवाद टक्राउँछौ हामी