काठमाडौँ । चैत १५ गते तीनकुनेमा भएको हिसांत्मक प्रदर्शनका मुख्य कमान्डर दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले भारतको आसाम राज्यबाट पक्राउ गरेको हो ।
Advertisement
यद्यपी प्रसाईंको सचिवालयले भने उनले आत्मसमपर्ण गरेको बताएको छ । उनको सचिवालयले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त जानकारी दिएको हो ।
‘अहिले २ घण्टा अगाडी हाम्रा अभियानका संयोजक दुर्गा प्रसाईंले आफ्नो सुरक्षाको लागि आफैँ भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नु भएको छ । हिजो मात्र हामीले भिडियो मार्फत हाम्रो ज्यानको सुरक्षा ग्यारेन्टि भए २४ घण्टा भित्र उपस्थित हुन्छौं भनेका थियौँ र आज उपस्थित भयौं,’ सचिवालयले उल्लेख गरेको छ ।