• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

गिरिजाले भनेका थिए–भारतले तराईमा ३९ जना मान्छे मराइसक्यो, संघीयता स्वीकार नगरेर के गर्ने ?


  •   बिहिबार, चैत २८, २०८१ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संघीयता माग गर्दै मधेसमा चलेको आन्दोलनको डिजाइनकर्ता भारत भएको बताउनुभएको छ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको संघीयताविरुद्ध पाँच दिने आन्दोलनको समापन गर्दै अध्यक्ष केसीले २०६३ सालमा मधेस केन्द्रित दलले भारतको इशारामा संघीयता माग्दै गरेको आन्दोलनबारे तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग भएको सम्वाद स्मरण गर्नुभयो ।

    संघीयता नेपाली जनताको आवश्यकता र चाहना नभएको स्पष्ट पार्दै केसीले भारतको दबाबमा संघीयताको भारी बोकाइएको गिरिजाको अभिव्यक्तिले नै स्पष्ट पारेको बताउनुभएको हो । उहाँले कांग्रेस र एमालेको चाहना संघीयता नभएपनि भारतको दबाब सामु नतमस्तक भएको आरोप लगाए।

    ‘संघीयता नेपालको आवश्यकता पनि होइन, चाहना पनि होइन, जनताले माग गरेका पनि होइनन्’ केसीले भन्नुभयो, ‘कांग्रेस र एमालेले संघीयता चाहेका होइनन् तर इन्डियाको दबाब अगाडि नतमस्तक भए। र, स्वीकार गरेका हुन्।’

    २०६३ सालमा मधेश केन्द्रित दलहको दबाबमा अन्तरिम संविधानमा संघीयता थप गरेपछि आफूले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई भेटेको स्मरण गर्दै कोइरालाले निरिहता प्रकट गरेको केसीले सुनाउनुभयो ।

    ‘गिरिजाबाबु तपाईंले संघीयता हुन्छ त भन्नुभयो। कसरी पाल्नुहुन्छ त अब?’ आफूले कोइरालासँग सोधेको प्रश्न स्मरण गर्दै केसीले कोइरालालाई उदृत गर्दै भन्नुभयो, ‘३९ जना त मराइसक्यो तराईमा अझै कति मराउने हो? हुन्छ नभनेर के गर्ने त?’

    स्मरणीय छ, तत्कालीन प्रधानमन्त्री कोइरालाले ‘भारतले चाहे मधेशको आन्दोलन एक सेकेन्डमा रोकिन्छ’ भनेर अभिव्यक्ति दिएका थिए।

    केसीले नेपालमा संघीयताविरुद्ध ठूलो जनमत तयार भएको बताउनुभयो ।

    उहाँले थप्नुभयो, ‘नेपालको सार्वजनिक ऋण २७ खर्ब छ । आठवटा सरकार, आठवटा मन्त्रिमण्डल कसरी धानिन्छ? यस्तै अवस्था रहे देश कसरी रहन्छ ? अहिले हामीलाई आफ्नो परिवार, सम्पत्ति ठूलो लागेको छ। देशै नरहँदा के होला? सिक्किमका मान्छेलाई के भयो? भुटानका नेपालीलाई के भयो? ल हेर्नुस् त ।’

    उहाँले अहिले संघीयताविरुद्ध जनमत बढेको पनि बताउनुभयो । राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्ध आन्दोलन थालेपछि मधेशवादी दलहरूले फेरि मोर्चा बनाएको उहाँको भनाई थियो ।

    हालै मधेश केन्द्रित सात दलले ‘संघीयता जोगाउन’ भन्दै मोर्चा बनाएका छन् ।

    ‘संघीयताका विरुद्ध नेपालमा जनमत तयार भयो, त्यही भएर तराईका जमिन्दारहरूले गठबन्धन गरेका छन्’ केसीले भन्नुभयो, ‘भारतले के भन्छ तराईका जमिन्दारहरूले गर्ने त्यही हो । माओवादीले दिनको तीनचोटी संघीयता हामीले ल्याएको भन्छ। त्यो सबै भारतलाई खुशी पारेर सत्तामा जानका लागि हो।’

    अध्यक्ष केसीले शासकहरूले यही व्यवस्था अन्तर्गत जनतालाई दिन सक्ने सेवा सुविधा दिएको भए, भ्रष्टाचार नगरेको भए राजावादीहरूले यति छिटो टाउको उठाउने हिम्मत गर्ने थिएनन् भन्नुभयो ।

    उहाँले तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनप्रति आपत्ति जनाउँदै जनताले लडेर ल्याएको गणतन्त्र कुनै पनि हालतमा गुम्न नदिने दृढता व्यक्त गर्नुभयो ।

    फरक प्रशंगमा अध्यक्ष केसीले अमेरिकाले नेपालमा आफ्नो सेना राखेर चीनविरुद्ध लड्न चाहेको उल्लेख गर्दै सोही कारण नेपाललाई एमसीसीको भारी बोकाएको पनि उल्लेख गर्नुभयो ।

    मौसमका कारण आन्दोलन दुई दिन छोट्टियो, सभाहलमा समापन
    राजमोले पाँचदिनसम्म सञ्चालिन राजधानी केन्द्रित आन्दोलनलाई बिहीबार काठमाडौँको कपनस्थित सुकुन्दा पार्टी प्यालेसको सभाहलमा कार्यक्रम गरी समापन गरेको हो ।

    यसअघि शान्तिवाटिकामा गर्ने भनिएको समापन समारोह मौसमका कारण सभाहलमा गरिएको राजमो केन्द्रीय कार्यालयले जनाएको छ।

    राजमोले चैत २४ गतेदेखि काठमाडौँमा संघीयताको खारेजी, राष्ट्रियता र गणतन्त्रको रक्षाका लागि आन्दोलन सञ्चालन गरेको हो ।

    सो क्रममा पहिलो दिन शान्तिवाटिकामा जनसभा भएको थियो भने दोस्रो दिन चाबहिल र तेस्रो दिन (चैत २६ गते) माइतीघर मण्डलामा जनसभा गरेको थियो।

    यस्तै, चौथो दिन (चैत २७ गते) भृकुटीमण्डपमा जनसभा गरेको थियो।त्यसक्रममा जुलुशसहित नगर परिक्रमा गरिएको थियो।

    राष्ट्रिय जनमोर्चाको कार्यक्रमप्रति जर्मन एमएलपीडीलगायत विदेशी भाइचारा पार्टीका प्रतिनिधिले समेत ऐक्यवद्धता जाहेर गरेका छन्।

    राजमोले चैत २४ देखि ३० सम्म साताव्यापी आन्दोलन घोषणा गरेको भएपनि काठमाडौँमा बढ्दो प्रदूषणका कारण दुई दिन छोट्याएर आज (चैत २८ गते) समापन गरेको हो।

    संघीयताको सुरुदेखि नै विरोध गर्दै आएको जनमोर्चाले यसअघि २०६६ सालमा पनि १५ दिनसम्म काठमाडौँ केन्द्रित आन्दोलन गरेको थियो।

    बिहिबार, चैत २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.