• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ४. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ५. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

गोली, तोडफोड र आगजनीको पर्वाह नगरी आन्दोलनमा आउनेलाई महामन्त्री सिंहको धन्यवाद


  •   बिहिबार, चैत २८, २०८१ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले गोली, तोडफोड र आगजनीको पर्वाह नगरी सङ्घीयता खारेजीका लागि राजधानीकेन्द्रित आन्दोलनमा आउनुहुने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाद्वारा आयोजित पाँचदिने काठमाडौँकेन्द्रित आन्दोलनको अन्तिम दिन २०८१ चैत २८ गते बिहीबार बुढानीलकण्ठको साप्रेढुङ्गामा प्रशिक्षण दिँदै उहाँले धन्यवाद दिनुभएको हो ।

    ‘चैत १५ गते नेपालको इतिहासमा कालो दिन हो’ उहाँले भन्नुभयो– ‘त्यो दिन गोली चलेको थियो; तोडफोड भएको थियो; आगजनी भएको थियो र दुई जनाको ज्यान गएको थियो । फेरि पनि ती सबैको पर्वाह नगरी सङ्घीयता खारेजीका लागि राजधानीकेन्द्रित आन्दोलनमा आउनुहुने सबैप्रति धन्यवाद ज्ञापन गर्दछु ।’

    उहाँले राजमो कार्यकर्ताहरू स्पातजस्तै खारिएको संश्लेषण अगाडि सार्नुभयो ।

    ‘तपाईंहरू स्पातजस्तै खारिनुभएको छ । तपाईंहरूको वैचारिक स्तर धेरै माथि पुगेको छ’ उहाँले भन्नुभयो ।

    गत कालमा गणतन्त्र स्थापनाका लागि सयौँ वर्ष लड्नुपरेको स्मरण गर्दै उहाँले अहिले फेरि गणतन्त्रको पक्षमा तथा प्रतिगमनको विरुद्धमा लड्नु आवश्यक रहेको भनाइ उहाँको थियो ।

    यस खालको लडाइँमा राजमोका नेताकार्यकर्ता आगोको झिल्को हुन सक्ने उहाँको दाबी थियो ।

    ‘एउटा झिल्कोले जङ्गलमा डढेलो लगाउन सक्छ । जङ्गलका घाँसपात, ढुङ्गा, रुखमा आगो लुकेको हुन्छ’ महामन्त्री सिंहले भन्नुभयो– ‘हाम्रा कार्यकर्ता आगोका झिल्काजस्तै साबित भएका छन् ।’

    देशको राजनीतिमा सबै राजनीतिक पार्टीहरू खराब छन् भन्ने भाष्य निर्माण हुँदै गएको प्रसङ्गमा उहाँले त्यसको प्रतिवाद गर्नुभयो ।

    उहाँले भन्नुभयो–’देशको राजनीतिमा सबै राजनीतिक पार्टी उस्तै छैनन् । राम्रा पनि छन् । नराम्रा पनि छन् । नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चा राम्रा पार्टी हुन् ।’

    उहाँले राजमो सरकारमा सामेल भएको वा दशकौँदेखि संसद् र स्थानीय निकायमा रहेको तर त्यसका कुनै पनि जनप्रतिनिधि भ्रष्टाचार र अनियमिततामा नमुछिएको उदाहरण यस सन्दर्भमा प्रस्तुत गर्नुभयो ।

    पछिल्लो समयमा प्रतिगामी चलखेल बढ्दै गएको बताउँदै उहाँले त्यसका विरुद्ध सजगता र सङ्घर्ष आवश्यक रहेको उहाँको धारणा थियो ।

    यस सन्दर्भमा वर्तमान गणतन्त्र बुर्जुवा गणतन्त्र भएकाले समाप्त भए पनि फरक पर्दैन भन्ने सोचाइ वामपन्थी सङ्कीर्णतावादी भएको र यस्तो सोचाइले प्रतिगमनको सेवा गर्ने उहाँको विश्लेषण थियो ।

    उहाँले भन्नुभयो– ‘प्रतिगामीले गणतन्त्र विरुद्ध धम्की दिइरहेका छन् । गणतन्त्र पक्षधरले यसको सामना गर्नुपर्दछ ।’

    बिहिबार, चैत २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक
    राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु
    बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)
    भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे
    कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग
    चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ४.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ५.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

    • २.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ३.
      बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

    • ४.
      भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    • ५.
      कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

    • ६.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • ७.
      लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

    • ८.
      ‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.