• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

गोली, तोडफोड र आगजनीको पर्वाह नगरी आन्दोलनमा आउनेलाई महामन्त्री सिंहको धन्यवाद


  •   बिहिबार, चैत २८, २०८१ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले गोली, तोडफोड र आगजनीको पर्वाह नगरी सङ्घीयता खारेजीका लागि राजधानीकेन्द्रित आन्दोलनमा आउनुहुने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाद्वारा आयोजित पाँचदिने काठमाडौँकेन्द्रित आन्दोलनको अन्तिम दिन २०८१ चैत २८ गते बिहीबार बुढानीलकण्ठको साप्रेढुङ्गामा प्रशिक्षण दिँदै उहाँले धन्यवाद दिनुभएको हो ।

    ‘चैत १५ गते नेपालको इतिहासमा कालो दिन हो’ उहाँले भन्नुभयो– ‘त्यो दिन गोली चलेको थियो; तोडफोड भएको थियो; आगजनी भएको थियो र दुई जनाको ज्यान गएको थियो । फेरि पनि ती सबैको पर्वाह नगरी सङ्घीयता खारेजीका लागि राजधानीकेन्द्रित आन्दोलनमा आउनुहुने सबैप्रति धन्यवाद ज्ञापन गर्दछु ।’

    उहाँले राजमो कार्यकर्ताहरू स्पातजस्तै खारिएको संश्लेषण अगाडि सार्नुभयो ।

    ‘तपाईंहरू स्पातजस्तै खारिनुभएको छ । तपाईंहरूको वैचारिक स्तर धेरै माथि पुगेको छ’ उहाँले भन्नुभयो ।

    गत कालमा गणतन्त्र स्थापनाका लागि सयौँ वर्ष लड्नुपरेको स्मरण गर्दै उहाँले अहिले फेरि गणतन्त्रको पक्षमा तथा प्रतिगमनको विरुद्धमा लड्नु आवश्यक रहेको भनाइ उहाँको थियो ।

    यस खालको लडाइँमा राजमोका नेताकार्यकर्ता आगोको झिल्को हुन सक्ने उहाँको दाबी थियो ।

    ‘एउटा झिल्कोले जङ्गलमा डढेलो लगाउन सक्छ । जङ्गलका घाँसपात, ढुङ्गा, रुखमा आगो लुकेको हुन्छ’ महामन्त्री सिंहले भन्नुभयो– ‘हाम्रा कार्यकर्ता आगोका झिल्काजस्तै साबित भएका छन् ।’

    देशको राजनीतिमा सबै राजनीतिक पार्टीहरू खराब छन् भन्ने भाष्य निर्माण हुँदै गएको प्रसङ्गमा उहाँले त्यसको प्रतिवाद गर्नुभयो ।

    उहाँले भन्नुभयो–’देशको राजनीतिमा सबै राजनीतिक पार्टी उस्तै छैनन् । राम्रा पनि छन् । नराम्रा पनि छन् । नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चा राम्रा पार्टी हुन् ।’

    उहाँले राजमो सरकारमा सामेल भएको वा दशकौँदेखि संसद् र स्थानीय निकायमा रहेको तर त्यसका कुनै पनि जनप्रतिनिधि भ्रष्टाचार र अनियमिततामा नमुछिएको उदाहरण यस सन्दर्भमा प्रस्तुत गर्नुभयो ।

    पछिल्लो समयमा प्रतिगामी चलखेल बढ्दै गएको बताउँदै उहाँले त्यसका विरुद्ध सजगता र सङ्घर्ष आवश्यक रहेको उहाँको धारणा थियो ।

    यस सन्दर्भमा वर्तमान गणतन्त्र बुर्जुवा गणतन्त्र भएकाले समाप्त भए पनि फरक पर्दैन भन्ने सोचाइ वामपन्थी सङ्कीर्णतावादी भएको र यस्तो सोचाइले प्रतिगमनको सेवा गर्ने उहाँको विश्लेषण थियो ।

    उहाँले भन्नुभयो– ‘प्रतिगामीले गणतन्त्र विरुद्ध धम्की दिइरहेका छन् । गणतन्त्र पक्षधरले यसको सामना गर्नुपर्दछ ।’

    बिहिबार, चैत २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.