काठमाडौँ । नेकपा (मसाल) ले वरिष्ठ पत्रकार भैरव रिसालप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
Advertisement
महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८१ चैत २६ गते मङ्गलबार शोकवक्तव्य जारी गर्दै मसालले श्रद्धाञ्जलीसँगै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।
यस्तो छ, शोकवक्तव्यको पूर्ण पाठ :
“वरिष्ठ पत्रकार भैरव रिसालको २०८१ चैत २४ गते भएको मृत्युप्रति हामीले गहिरो दुःख व्यक्त गर्दै सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ । नेपालको वामपन्थी आन्दोलनलाई अगाडि बढाउन उहाँले पत्रकारिताको क्षेत्रबाट दिनुभएको योगदान महत्त्वपूर्ण रहेको छ । उहाँको मृत्युबाट नेपालको पत्रकारिता जगत तथा वामपन्थी आन्दोलनमा गम्भीर क्षति पुगेको छ ।
अन्तमा हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।”