• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ४. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ५. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

काठमाडौँकेन्द्रित आन्दोलनको समापन चैत २८ गते हुने राजमोद्वारा जानकारी


  •   सोमबार, चैत २५, २०८१ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले सङ्घीयता खारेजीका लागि काठमाडौँकेन्द्रित आन्दोलनको समापन चैत २८ गते हुने जानकारी दिएको छ ।

    Advertisement

    काठमाडौँमा बढ्दै गएको प्रदूषणको अवस्थालाई मध्येनजर गर्दै चैत ३० गते समापन गर्ने भनिएको कार्यक्रम दुई दिनअघि समापन हुन थालेको हो ।

    अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०८१ चैत २५ गते सोमबार प्रेसवक्तव्य जारी गर्दै राजमोले सङ्घीयता विरोधी राजधानीकेन्द्रित आन्दोलन सफल पार्न काठमाडौँ आउनुहुने तथा सबै प्रकारले सहयोग गर्नुहुने सबैप्रति धन्यवाद ज्ञापन गरिएको छ ।

    त्यस्तै, वक्तव्यमा राजमोले शिक्षकको आन्दोलनप्रति गम्भीर नभएको सरकारको आलोचना गरिएको छ । सरुवाबढुवाको अधिकार स्थानीय तहलाई नदिने गरी शिक्षा ऐन ल्याउन राजमोले सरकारसित माग गरेको हो ।

    वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएकोमा वक्तव्यमा शोकमन्तव्य व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
    “कतिपय जरुरी महत्त्वका विषयमा जानकारी गराउन र पार्टीको धारणा स्पष्ट पार्न यो वक्तव्य जारी गरिएको छ ।

    १. हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाले गणतन्त्र र राष्ट्रियताको रक्षा तथा सङ्घीयताको खारेजीका लागि यही चैत २४ देखि ३० गतेसम्म सप्ताहव्यापी राजधानीकेन्द्रित आन्दोलनको घोषणा गरेको थियो । राजधानीकेन्द्रित आन्दोलन सफल पार्न ठुलो उत्साहका साथ विभिन्न बाधाअवरोधका बाबजुद पनि देश तथा प्रवासबाट पार्टीका समर्थक, शुभचिन्तक, नेता, कार्यकर्ताहरू ठुलो सङ्ख्यामा काठमाडौँ आइसक्नुभएको छ । चैत २४ गते आन्दोलनको उद्घाटन सम्पन्न भई आज दोस्रो दिनको कार्यक्रम पनि भव्यताका साथ सम्पन्न भइसकेको छ । सङ्घीयता विरुद्धको राजधानीकेन्द्रित आन्दोलनलाई सफल पार्न भौतिक, नैतिक तथा आर्थिक रूपले सहयोग गर्नुहुने सम्पूर्ण न्यायप्रेमी जनसमुदायलाई हामीले धन्यवाद ज्ञापन गर्दछौँ ।

    २. अहिले काठमाडौँ विश्वकै प्रदूषित सहरमध्ये पहिलो स्थानमा पुगेको तथ्याङ्क सार्वजनिक भइरहेका छन् । दिनप्रतिदिन थप प्रदूषण बढिरहेको छ । यो अवस्था रहिरहेमा प्रदूषणका कारण जनताको स्वास्थ्यमा कैयौँ गम्भीर र दीर्घकालीन रूपमा नकारात्मक असर पर्ने सम्भावनातर्फ कैयौँ विज्ञले सचेत गराइरहेका छन् । स्वयम् सरकारले विद्यमान प्रदूषित अवस्थामा जनताको स्वास्थ्य, सुरक्षाका लागि कैयौँ सतर्कता अपनाउनेबारे छलफल अगाडि बढाएको छ । बढ्दो प्रदूषणका बिच सप्ताहव्यापी आन्दोलनलाई सञ्चालन गर्दा कैयौँ स्वास्थ्यसँग सम्बन्धित जटिलता उत्पन्न हुने खतरा देखिएको कुरा मध्येनजर गर्दै आजै बसेको बैठकले आन्दोलनको अवधि २ दिन घटाई ५ दिन मात्र कायम राख्ने निर्णय गरेका छौँ । जसअनुसार राजधानीकेन्द्रित आन्दोलनको समापन चैत ३० गते नभएर चैत्र २८ गते नै हुनेछ । कार्यक्रमको स्वरूपमा आवश्यकताअनुसार परिवर्तन गर्नुपर्ने हुन्छ । कार्यक्रमको स्वरूप परिवर्तन भए पनि सङ्घीयता विरुद्धको सङ्घर्ष प्रादेशिक संरचना खारेज नभएसम्म जारी रहने प्रतिबद्धता पनि यही वक्तव्यमार्फत् दोह¥याउन चाहन्छौँ ।

    ३. बदलिएको राजनीतिक व्यवस्थाअनुरूपको शिक्षा ऐन ल्याउन सरकारले गरेको विलम्बका विरुद्ध गत सालदेखि नै शिक्षकले आफ्नो पेसागत हकहितसहित आन्दोलन गरिरहेका छन् । उक्त आन्दोलनप्रति राष्ट्रिय जनमोर्चाले ऐक्यबद्धता प्रकट गर्दछ । शिक्षकका पेसागत मागलाई सम्बोधन गर्नुका साथै बदलिएको राजनीतिक व्यवस्थाअनुरूपको शिक्षा ऐन ल्याउन सरकारलाई जोड दिन्छौँ । शिक्षा ऐन ल्याउँदा निजी शिक्षा क्षेत्रलाई कानुनको दायराभन्दा बाहिर राख्ने कुनै पनि प्रकारको जालझेल वा आलटालले शिक्षा र स्वास्थ्यलाई निःशुल्क गर्ने संवैधानिक व्यवस्थाको कार्यान्वयनमा समेत बाधा पुग्नेछ । शिक्षकको सरुवाबढुवा वा विभागीय कारबाहीको अधिकार स्थानीय तहलाई हुनुहुँदैन । यसको अर्थ शिक्षा क्षेत्रको सञ्चालन स्थानीय तहको क्षेत्राधिकारबाट खोसिनुपर्छ भन्ने होइन ।

    ४. पत्रकार भैरव रिसालको २०८१ चैत २४ गते भएको मृत्युको समाचारले हामीलाई निकै दुःख लागेको छ । दिवङ्गत भैरव रिसालप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दैै सोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ । उहाँको मृत्युले पत्रकारिता तथा बाम आन्दोलनलाई क्षति पुगेको छ ।”

    सोमबार, चैत २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक
    राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु
    बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)
    भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे
    कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग
    चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ४.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ५.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

    • २.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ३.
      बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

    • ४.
      भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    • ५.
      कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

    • ६.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • ७.
      लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

    • ८.
      ‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.