काठमाडौँ । राष्ट्रिय जनमोर्चाले आह्वान गरेको साताब्यापी राजधानी केन्द्रित आन्दोलनअन्तर्गत दोस्रो दिन आज (चैत २५ गते) काठमाडौँमा जुलुश प्रदर्शन भएको छ ।
कपनस्थित राजमो केन्द्रीय कार्यालय क्षेत्रबाट निस्केको जुलुश र बसुन्धराबाट निस्केको जुलुश सुकेधारामा मिसिएपछि चाबहिल प्रस्थान गरेको छ ।
राजमोका झण्डा, ब्यानरसहित जुलुशमा सहभागीहरूले ‘संघीयता खारेज गर, संघीयता धोका हो षडयन्त्रको पोका हो, विकास गर्ने मन भए एउटै सरकार काफी छ, हिमाल पहाड तराई कोही छैन पराई, बढ्दो महंगी नियन्त्रण गर, भ्रष्टाचारको अन्त्य गरौँ, राष्ट्रियताको रक्षा गरौँ, प्रतिगमन खबरदार, राष्ट्रिय जनमोर्चा जिन्दावाद, नेकपा मसाल जिन्दावाद’ लगायतका नारा लगाएका छन् ।

जुलुश निलोपुल, मिलनचोक, गोपीकृष्ण सिनेमा, चुच्चेपाटी, बौद्ध हुँदै चाबहिल पुग्नेछ । चाबहिलमा केहिबेरमा सभाको कार्यक्रम छ ।
सभामा राजमो तथा विभिन्न जनवर्गीय संगठनका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
संघीय राजधानीबाटै राष्ट्रिय जनमोर्चाले बोल्यो संघीयताविरुद्ध धावा
भ्रष्टाचार, जातिवाद र क्षेत्रीय विखण्डन सङ्घीयताको दुष्परिणाम : पुरी
तयार भयो काठमाडौँकेन्द्रित आन्दोलनको कार्यतालिका

यस्तो छ राजमोको साताव्यापी आन्दोलन कार्यतालिका
