काठमाडौँ । राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टीलाई प्रशासनले भृकुटिमण्डपमा कार्यक्रम गर्न अनुमति दिएन ।
Advertisement
राजतन्त्र पुर्नस्थपनाको मागसहित मंगलबार भृकुटीमण्डमा प्रदर्शनको तयारीमा रहेको राप्रपालाई प्रशासनले उक्त क्षेत्रमा कार्यक्रम गर्न अनुमति नदिएको हो ।
काठमाडौँ जिल्ला प्रशासन कार्यालयले आइतबार विज्ञप्ति जारी गर्दै शिक्षकहरुको आन्दोलन र राष्ट्रिय जनमोर्चाको पूर्व निर्धारित कार्यक्रम त्यहीँ भएकाले सुरक्षा संवेदनशिलताका हिसाबले राप्रपालाई पनि त्यही कार्यक्रम गर्न अनुमति दिन नसकिने बताएको हो।
विकल्पका रुपमा चाबहिलस्थित सिफल चौर वा बल्खु क्षेत्रमा कार्यक्रम आयोजना गर्ने व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालयले राप्रपालाई आग्रह गरेको छ।
