• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

राजतन्त्रकै पालामा बेलायती साम्राज्यवाद नेपाल प्रवेश गरेको थियो


  •   बिहिबार, चैत २१, २०८१ मा प्रकाशित
  • केरसिंह अदै ##

    Advertisement

    अहिले नेपालमा राजतन्त्र पुनर्स्थापना गर्न पञ्चायतकालदेखि रजगज गर्दै आएका पञ्च र नयाँ पिँढीका युवा जमात लागिरहेको देखिन्छ । “राजा आऊ, देश बचाऊ”, “हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ”, ‘गणतन्त्र चाहिँदैन’, ‘देश गणतन्त्रवादीले बर्बाद पारे, लुटे’ भनेर केहीले वातावरण तयार गरिरहेका छन् तर २४० वर्ष पुरानो राजतन्त्रको पालामा के कति राष्ट्रघात भयो ? साम्राज्यवादी कसरी नेपाल प्रवेश गरे र कसरी नेपालको भूमि गुम्यो ? यसबारेमा केही मानिसको ध्यान गएको पाइँदैन ।

    नयाँ पिँढीले इतिहास सम्झिनु आवश्यक छ । यो लेख नयाँ पिँढीले इतिहासबाट केही सकारात्मक सत्य बुझुन् भन्ने हेतुले लेखिएको हो ।

    पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेर हाम्रो देशको सिमाना पूर्वमा सिक्किम, पश्चिममा सतलजको साँध, उत्तरमा हिमालय पर्वत र दक्षिणमा गोरखपुरसम्म पुऱ्याए । पृथ्वीनारायण शाहको निधन १८३१ सालमा भएको थियो । उहाँको समयमा साम्राज्यवाद नेपालमा आएको थिएन तर भारतलाई उपनिवेश बनाइरहेको थियो । त्यतिखेरदेखि नै भारतमा रहेको ब्रिटिस इस्ट इन्डिया कम्पनीको नजर नेपालमाथि परेको थियो ।

    १८५७ साल जेठ ८ गते रणबहादुर शाह धार्मिक जीवन बिताउने भनेर काशीतिर लागे । त्यति बेला कान्छी श्रीमतीतिरबाट जन्मेका ४० महिनाका नाबालक गिर्वाणयुद्ध वीर विक्रम शाहलाई दामोदर पाण्डेले राजा घोषित गरिदिए । जेठी महारानी राजराजेश्वरी र अन्य सहयोगीसहित काशी गएका रणबहादुर शाहको भारतमा ब्रिटिस इस्ट इन्डिया कम्पनीका प्रमुखसँग सम्बन्ध कायम भयो ।

    यही क्रममा रणबहादुर शाह र ब्रिटिस कम्पनीबिच १३ बुँदे गोप्य सम्झौता भयो । रणबहादुर शाहले ब्रिटिस इस्ट इन्डिया कम्पनीलाई कीर्तिपुरमा व्यापारिक कोठी खोल्न दिने र रणबहादुर शाहले ब्रिटिस कम्पनीबाट मासिक छ हजार रुपियाँ बुझ्ने सम्झौता त्यतिखेर गरिएको थियो । त्यस सम्झौताअनुसार १८५९ वैशाखमा ब्रिटिस कम्पनीका राजदूत नक्स नेपाल आई व्यापारिक काम सुरु गरेका थिए ।

    यो काम महारानी राजराजेश्वरीलाई पटक्कै मन परेको थिएन । यही विषयमा रणबहादुरसँग विवाद बढ्दै गएपछि उनी नेपाल आइन् र ब्रिटिस साम्राज्यवादको राजदूत नक्सको क्रियाकलापमा नियन्त्रण गर्न लागिन् । भर्खर बिउ रोपेको ब्रिटिस साम्राज्यवादले आफूलाई असहज महसुस गरी अब रणबहादुर शाहलाई मासिक छ हजार रुपियाँ दिन नसकिने, काठमाडौँमा बस्न नसकिने, दरबारिया षड्यन्त्र नेपालमै सीमित रहोस् भनेर विज्ञप्ति निकाल्यो । फलस्वरूप १८६० माघमा भारतीय गभर्नर जनरल लर्ड जिलेस्पीले सो सम्झौता भङ्ग गरिदिए ।

    इस्ट इन्डिया कम्पनी यो सम्झौता भङ्ग भएकोमा भित्र भित्र चुर थिए । १८७१ साल (सन् १८१४ नोभेम्बर) मा साम्राज्यवादी शक्ति इस्ट इन्डिया कम्पनीले नेपालमा युद्धको घोषणा गऱ्यो । नेपाली वीरहरूले वीरताको परिचय दिए । आधुनिक हातहतियारको कमी भएको तथा छिमेकी देशबाट सहयोग नभएका कारण नेपालको हार भयो । सन् १८१५ को नोभेम्बर १८ मा नेपालको तर्फदेखि गजराज मिश्रले र डिसेम्बर २, १८१५ मा इस्ट इन्डिया कम्पनीको तर्फदेखि लेफ्टिनेन्ट जनरल शाहले हस्ताक्षर गरेर १८७२ साल (सन् १८१६) मा नौ सूत्रीय प्रावधान राखी सुगौली सन्धि गरियो ।

    यो सन्धिले युद्धको बेला नेपालले दाबी गरेको भूभाग वा झगडा भएको ठाउँको दाबी छोडिदिने, ती भूभागमाथि ब्रिटिस इस्ट इन्डिया कम्पनीको प्रभुत्व रहने, तराईको विस्तृत भूभागमा कम्पनी सरकारको अधिकार हुने र नेपालले कहिल्यै दाबी गर्न नपाउने, उक्त भूभागको क्षतिपूर्तिस्वरूप कम्पनी सरकारले नेपाललाई दुई लाख रुपियाँ दिने, उक्त रकमको बाँडफाँड नेपालको राजाबाट हुने, काली नदीदेखि पारि पश्चिम भूभाग र त्यहाँका जनतासँग नेपालका राजाले कुनै पनि सम्झौता गर्न नपाउने भन्ने प्रावधान राखियो । यसरी नेपालले दाबी गरेको भूभाग इस्ट इन्डिया कम्पनीको मातहतमा गयो । त्यति मात्र नभई यो सन्धिले सिक्किममा पर्न गएको नेपालको जमिनमा दाबी गर्न नपाउने र सिक्किमका राजा र नेपालका राजाबिच विवाद भएमा त्यसको निर्णय इस्ट इन्डिया कम्पनीले गर्नेछ भनेर सम्झौता गरियो । यो मात्र नभई नौ बुँदे सन्धिले ब्रिटिस सरकारको अनुमतिबिना नेपालले कुनै पनि युरोपियन तथा अमेरिकाबाट सेवा लिन पाउने छैन, सेवा राख्न पाउने छैन भनेर अन्य देशसितको कूटनीतिक सम्बन्धबाट नेपाललाई वञ्चित गरियो ।

    यसरी ब्रिटिस साम्राज्यवाद वा इस्ट इण्डिया कम्पनीले नेपालको कुमाऊँ, गढवाल, तराईका विस्तृत भूभाग आफ्नो अधिनमा लियो । नेपाललाई अन्य मुलुकबाट पृथक् बनायो । त्यसपछि नेपालका वीर गोर्खालीलाई भर्ती गर्ने नाममा विश्वका विभिन्न मुलुकमा लैजान थालियो ।

    सन् १८१४ देखि १८१८ सम्म चलेको प्रथम विश्वयुद्धमा नेपालले अङ्ग्र्रेजलाई साथ दियो । त्यो युद्धमा १६ हजार ५४४ प्रशिक्षित नेपाली सैनिक बेलायतको पक्षमा लड्न विभिन्न ३० ओटा देशमा गई अङ्ग्रेजलाई विजयी बनाएका थिए । यो युद्धमा नेपालले ठुलो क्षति व्यहोर्नुपरेको थियो । नेपालले बेलायत (अङ्ग्रेज) लाई १० लाख पाउन्ड स्टर्लिङ आर्थिक सहयोग गरेको थियो । यो युद्धमा नेपालले इस्ट इण्डिया कम्पनीमार्फत ८ लाख नगद बराबरको जिन्सी अर्थात् ४० हजार पाउन्ड अलैँची, स्लिपर २ लाख, चिया, २०० ज्याकेट, ११ ओटा कोट, २२० ओटा सिमलका रुख र ३४० जना कालिगढसमेत पठाएको थियो । यति सहयोग गरेबापत चन्द्रशमशेरलाई इस्ट इन्डिया कम्पनीले ब्रिटिस फौजको जनरल पद दियो साथै नेपालले ब्रिटिस कम्पनीबाट प्रतिवर्ष १० लाख रुपियाँ पाउने भयो ।

    द्वितीय विश्वयुद्ध सन् १९३९ देखि १९४३ सम्म चलेको थियो । यो युद्धमा पनि नेपालले अङ्ग्रेजलाई नै साथ दियो । यस युद्धमा अन्य देशले पनि नेपालसित सहयोग मागेका थिए तर नेपालले अङ्ग्रेजलाई नै साथ दियो । यो युद्धमा जुद्ध शमशेरको नेतृत्वमा आठ हजार फौजको टुकडी बनाएर नेपाल युद्धमा सामेल भएको थियो । नेपाली फौज बर्मा, सुडान, अस्ट्रिया, इटली, सिरिया, इराक, इरान, सिङ्गापुर आदि देशमा गई वीरता प्रदर्शन गरेका थिए । यसबाट बेलायत विजयी भएको थियो ।

    यसरी विश्वमा गोर्खाली फौजले वीरतापूर्वक लडाइँ लडेर अङ्ग्रेजलाई विजयी बनाएपछि अब नेपालीलाई विधिपूर्वक फौजमा भर्ती गर्ने योजना बनाई नोभेम्बर ९, १९४७ मा नेपाल (गोरखा), स्वतन्त्र भारत र बेलायतबिच औपचारिक रूपमा गोरखा भर्ती केन्द्र स्थापना गरी नेपाली युवालाई भारत वा बृटिस लैजाने गरिएको छ ।

    सन् १९५० को शान्ति तथा मैत्री सन्धिले पनि नेपालको सुरक्षा, परराष्ट्र तथा प्राकृतिक श्रोतसाधनलाई भारतले आफ्नो अधिनमा राख्न सफल भएको छ । यस सन्धिअनुसार नेपालका नदी भारतको कब्जामा गए ।

    गत २४० वर्षको इतिहास, १०४ वर्षको राणाशासनको इतिहास र ३० वर्षे निरङ्कुश पञ्चायतीकालमा देशको रक्षा, मातृभूमिको रक्षाभन्दा बढी विदेशी साम्राज्यवादको गुलामी गरेको छ । यसरी अहिलेको वर्तमान राजनीतिक परिस्थितिमा नयाँ पुस्ताले इतिहासबाट पुरानो सत्ता (व्यवस्था) ले गरेको गरेको राष्ट्रघात बारेमा बुझ्न जरुरी छ ।

    बिहिबार, चैत २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.