• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

प्रतिगमन विरुद्ध सर्वदलीय बैठक बसेकोमा मसालको स्वागत


  •   बुधबार, चैत २०, २०८१ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रतिगमन विरुद्ध सर्वदलीय बैठक बसेकोमा त्यसलाई स्वागत गरेको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८१ चैत २० गते बुधबार प्रेसवक्तव्य जारी गर्दै पार्टीले सो धारणा व्यक्त गरेको हो ।

    चैत १५ गतेको राजावादी गतिविधिको सो बैठकले विरोध गरेकोमा स्वागत गर्दै मसालले प्रतिगमनको विरुद्धमा सहमति कायम हुँदै गएकोमा त्यसलाई स्वागत गरेको छ ।

    सङ्घीयतालगायत विभिन्न विषयमा अन्य पार्टीसित मसालको मतभेद भए पनि लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षाको विषयमा मसालले आफ्नो प्रतिबद्धता व्यक्त गरेको छ ।

    चैत १५ गतेको क्रियाकलापले राजावादी शक्ति कमजोर बने पनि प्रतिगमनको खतरा यथावत् रहेको उल्लेख गर्दै मसालले त्यसका विरुद्ध एकजुट हुन आम जनतासित अपिल गरेको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
    “यही चैत १७ गते प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा भएको सर्वदलीय बैठक र त्यसले प्रतिगमनका विरुद्ध प्रकट गरेको ऐक्यबद्धतालाई नेकपा (मसाल) ले स्वागत गर्दछ । चैत १८ गते पनि संसद्मा सत्तामा वा प्रतिपक्षमा भएका राजनीतिक दलहरूले चैत १५ गतेको राजावादीको हिंसात्मक गतिविधिका विरुद्ध प्रकट गरेका विचारलाई पनि हाम्रो पार्टीले समर्थन गर्दछ ।

    चैत १७ गतेको सर्वदलीय बैठक वा १८ गतेको संसद्मा समेत १५ गतेको राजावादीको हिंसात्मक गतिविधिको भर्त्सना गर्दै त्यस प्रकारको गतिविधिका लागि मुख्य रूपमा पूर्व राजा नै जिम्मा भएको विचार पनि प्रकट गरिएको थियो र उनको त्यस प्रकारको गतिविधिका लागि उनका विरुद्ध कानुनअनुसार कारबाही गर्ने कुरामा पनि जोड दिइएको थियो । त्यस प्रकारका विचारलाई हाम्रो पार्टीले समर्थन गर्दछ ।

    हाम्रो पार्टीले लामो समयदेखि नै देशमा प्रतिगमनको गम्भीर खतरा भएको कुरामा जोड दिँदै आएको छ र त्यसका विरुद्ध गणतन्त्र र धर्मनिरपेक्षताका पक्षमा भएका राजनीतिक शक्तिको ऐक्यबद्धतामा जोड दिँदै आएको छ । चैत १५ गतेको घटनाक्रमबाट हाम्रो त्यस प्रकारको सोचाइको औचित्यता अरू प्रमाणित भएको छ र चैत १७ गतेको सर्वदलीय बैठक र चैत १८ गते सत्ता वा प्रतिपक्षका राजनीतिक शक्तिद्वारा प्रकट गरिएका विचारबाट त्यो दिशामा प्रतिगमनका विरुद्धको सङ्घर्षको आवश्यकतामा आम सहमति बन्दै गएको थाहा हुन्छ । त्यो स्वागतयोग्य कुरा हो ।

    यो कुरा स्पष्ट छ कि त्यो दिनको त्यस प्रकारको हिंसात्मक कारबाही निर्मल निवासमा भएको सल्लाह र त्यहाँको निर्देशनअनुसार नै भएको थियो । त्यसकारण त्यो दिनको घटनालाई हामीले उनीहरूको गणतन्त्र, धर्मनिरपेक्षतामाथि योजनाबद्ध हमलाको रूपमा नै लिनुपर्ने आवश्यकता छ ।

    सत्ता र विपक्षमा राजनीतिक दलका बिचमा सैद्धान्तिक वा राजनीतिक रूपमा कैयौँ मतभेद भएको कुराप्रति हाम्रो ध्यान छ । त्यही प्रकारले सङ्घीयताको प्रश्नमा अन्य पक्षसित हाम्रो गम्भीर मतभेद भएको कुरा पनि आम रूपमा थाहा नै छ तर हाम्रो त्यो मतभेद भए पनि त्यसबारे आफ्नो सङ्घर्षलाई बेग्लै सञ्चालन गर्दै प्रतिगमनको विरुद्धको सङ्घर्षमा समान विचारधारा राख्ने अन्य पक्षसित संयुक्त भएर सङ्घर्षमा सहभागी हुने हाम्रो नीति रहँदै आएको छ र आउने दिनमा पनि त्यो नीति कायम रहनेछ । हामीले अन्य पक्षसित पनि आपसका बेग्लाबेग्लै मतभेदका बाबजुद प्रतिगमनको सङ्घर्षमा ऐक्यबद्धता कायम गर्न अपिल गर्दछौँ ।

    अन्त्यमा, चैत १५ गतेको आफ्नो हिंसात्मक र समाज विरोधी गतिविधिका कारणले पूर्व राजा र राजावादी धेरै नै बद्नाम र कमजोर भएर गएका छन् तर उनीहरूले संसद्भित्र वा बाहिर प्रकट गरेका विचार वा उनीहरूको गतिविधिबाट उनीहरूले गणतन्त्र र धर्मनिरपेक्षताप्रतिको विरोध तथा राजतन्त्रको पुनर्स्थापना गर्ने सोचाइलाई परित्याग गरेका छन् भन्ने निष्कर्ष निकाल्नु सही हुने छैन । प्रतिगमनको खतरा अहिले पनि विद्यमान छ र त्यो गम्भीर रूपमा छ । त्यसकारण प्रतिगमनका विरुद्ध व्यापक एकता कायम गर्न विभिन्न राजनीतिक शक्तिसित अपिल गर्दै प्रतिगमनको खतराका विरुद्ध जनताको पनि गम्भीर ध्यान आकर्षित गर्न चाहन्छौँ ।

    यो वास्तविकताप्रति हामीले आफ्नो ध्यान हटाउन हुने छैन कि लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षता समेतका जुन ऐतिहासिक उपलब्धि हामीले प्राप्त गरेका छौँ । त्यसका लागि नेपाली जनताले करिब १ शताब्दी लामो सङ्घर्ष तथा त्याग र बलिदान गर्नुपरेको छ । त्यसकारण तिनीहरूको रक्षा गर्नु सम्पूर्ण नेपाली जनताको जिम्मेवारी हुन्छ ।”

    बुधबार, चैत २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.