• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

संघीयता खारेज गरौँ, स्थानीय तहलाई बलियो बनाऔँ


  •   शुक्रबार, जेठ १६, २०७७ मा प्रकाशित
  • जगतप्रसाद रेग्मी

    Advertisement

    अहिले मानव जातिमाथिको ठुलो प्रहार कोभिड–१९ ले गरेको छ । अहिलेसम्म विश्वमा झण्डै २१३ मुलुक प्रभावित भएका छन् । झण्डै तीन महिनादेखि विश्वका मानवजाति बन्दाबन्दीमा छ । यो अवस्थामा देशलाई कसरी यो आर्थिक सङ्कटबाट माथि कसरी उठाउने भन्ने कुरा अहिले सबैका लागि महत्त्वपूर्ण बनेको छ । यो अवस्था अझै लम्बिँदै गयो भने मानवजातिमा भोकमरीबाट धेरै ठुलो क्षति हुन सक्छ ।

    यो अवस्थाबाट देशलाई कसरी पार लाउने भन्ने कुरा महत्त्वपूर्ण हो । यो महामारीले हाम्रो देशमा पनि ठुलो प्रभाव पारेको छ । ६५ दिन भइसक्यो बब्दाबन्दी भएको, ९०० भन्दा बढी सङ्क्रमित भएका छन् भने छ जनाको मृत्युु भइसकेको छ । लाखौँ युवा विदेशबाट उद्धारको प्रतिक्षामा छन् । दिनदिनै भारतबाट हजारौँको सङ्ख्यामा देश भित्रिएका छन् । हजारौँको सङ्ख्यामा उनीहरू सीमामा भोकै बस्न बाध्य भएका छन् । तिनको स्वास्थको ख्याल गर्नु सरकारको जिम्मेवारी हुन्छ ।

    लामो समयको बन्दाबन्दीले सरकारी कार्यालय, उद्योगधन्दा, वित्तीय संस्था सबै ठप्प भएको हुँदा यसको नकारात्मक प्रभाव यो सबै क्षेत्रमा पर्ने छ । आर्थिक उपार्जनको बाटो बन्द भएपछि देशमा धेरै ठुलो आर्थिक सङ्कट निम्तिने छ । सरकारले नयाँ योजनाका साथ अगाडि बढ्न सके मात्र यो अवस्थामा पार पाउन सकिन्छ । स्वास्थ्य संस्थालाई बलियो बनाउन जरुरी छ । कोरोनाको परीक्षण सबै क्षेत्रमा बढाउनुपर्छ । त्यस्को व्ययभार राष्ट्रले लिनुपर्दछ । गरिब मर्ने अवस्था आउन दिनु हुँदैन ।

    नेपालको आयस्रोतको रूपमा निकासी–पैठारी हुने वस्तुबाट उठ्ने कर, आन्तरिक स्रोत जस्तै– जग्गाको कारोबार, जन्ममृत्यु दर्ता, सङ्घसंस्था, उद्योग–व्यापार करलगायतका कर उठ्ने ठाउँ सबै बन्द छ । विदेशमा मजदुरी गर्न गएका झण्डै ५० लाखभन्दा बढी युवाले पठाउने रेमिट्यान्स, जो अघिल्लो वर्ष १० खर्ब थियो, यो कोरोनाका कारण ठप्प छ । कैयौँ कम्पनी टुटेर, कैयौँ भिसा सकिएर त, कैयौँ त्यो देशले फिर्ता जाऊ भनेका कारण घरफर्काइको प्रतिक्षामा छन् ।

    यस्तो सङ्ख्या सात लाख छ भनिएको छ । विदेशबाट आउने अनुदान, जब उनीहरू आफै सङ्कटमा छन्, पहिलाको जस्तो आउने सम्भावना छैन । अहिले साम्राज्यवादी अमेरिकाले लागु गर्न खोजेको एमसिसीजस्तो सर्तका साथ आउने सहयोग नेपाल र नेपालीको हितमा हुने छैन । विश्व बैङ्कलगायतका बैङ्क र विकसित तथा साम्राज्यवादी मुलुकबाट आउने ऋणको पनि अहिले सम्भावना पहिलाजस्तो छैन । अर्कातिर, विश्वका वित्तीय संस्था पनि आफै टाट पल्टने अवस्थामा पुगेका छन् ।
    यस्तो अवस्थामा देशले सही र वैज्ञानिक बाटो अपनाएर मात्र यो सङ्कटलाई पार लाउन सक्छ । यस्तो अवस्थामा आर्थिक रूपमा बढी खर्चिलो र अनुत्पादक क्षेत्र खारेज गर्न जरुरी छ । अहिलेको यो कठिन परिस्थितिमा बिना मतलबको सङ्घीयता काम छैन र यसलाई खारेज गर्नुपर्दछ ।

    अब देशको विकासका लागि आर्थिक अवस्था मजबुत हुन जरुरी छ । यो विषम परिस्थितिमा यो नेपालका लागि काम नलाग्ने सङ्घीयता खारेज गर्न अब ढिला गर्न हुँदैन । यो कोभिड–१९ ले देश थला परिरहेको अवस्थामा सङ्घीय प्रदेशको कुनै भूमिका देखिएन । केन्द्र र स्थानीय तहलाई अधिकारसम्पन्न बनाउन सक्ने हो भने पुग्छ । यो प्रदेशको खारेजी शिवाय अरू कुनै विकल्प छैन । यसलाई जति समय राख्दै गयो, त्यति देश टाट पल्टिने छ । अहिले ५५० प्रदेश सांसद र सात वटा सरकार, त्यो संरचना मार्फत्का हजारौँलाई तलबभत्ता दिएर पाल्नु परिराखेको छ ।

    यसको आर्थिक भार देशले अब थेक्न सक्दैन । यो आर्थिक व्ययलाई हामीले विकासमा लगाउन् पर्दछ । यो धनराशी सिधै स्थानीय तहमा दिन सकियो भने स्थानीय तह सम्पन्न हुने छन् । अहिले कोभिड–१९ले लाखौँको रोजगारी गुमेको छ । देशभित्र र विदेशमा गरेर तिनी रोजगारी गुमेका लाखाँ युवालाई रोजगारीको व्यवस्थापन गर्न जरुरी छ । लकडाउनले थला परेको उद्योग–व्यवसायलाई माथि उठाउनु छ । यसका लागि पनि ठुलो धनराशी आवश्यक पर्ने छ । नेपालका लागि परम्परागत कृषिप्रणालीलाई आधुनीकरण गरेर धेरैभन्दा धेरै रोजगारीको सृजना गर्नुपर्ने छ ।

    नेपाली जनताको चाहना विपरीत बाहिरबाट बोकाइएको यो सङ्घीयताको भारी हो । यो नेपाली जनताको विकासका लागि होइन, नेपालको सार्वभौमसत्ता विभाजन गर्ने नै सोचका साथ यो भित्राउन लगाइएको छ । देशको राष्ट्रियता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा विभाजन ल्याउने गलत सोचका साथ भित्राइएको यो प्रणालीलाई हामीले देशलाई नै बाजी थापेर राख्न सक्दैनौँ ।

    त्यसैकारणले गर्दा पनि देश बचाउन सङ्घीयता खारेज गर्न जरुरी भएको छ । अहिले यो प्रणालीबाट लुट मच्चाउन पाएका केही मुट्ठीभर र विदेशबाट यसकै लागि पठाइएका दलालबाहेक सबै मिहिनेतकश जनताले यो गलत प्रणालीलाई अब यो सेतो हात्ती पाल्न सकिन्न भनिराखेको अवस्थामा राष्ट्रियता, सार्वभौमिकता र अखण्डताका लागि सङ्घीयता खारेजी गर्न ढिला गर्नु हुदैन । जति बढी सङ्घीयता कायम रहन्छ, त्यति धेरै देश आर्थिक रूपमा कङ्गाल बन्दै गएर असफल राष्ट्र बन्दै जाने छ ।

    सङ्घीयताको खारेजीबाट धेरै समस्या हल हुने छन् । यसको बिकल्पमा स्थानीय तहलाई अझ बढी अधिकारसम्पन्न बनाउनुपर्दछ । विकेन्द्रीकरणको आधारमा स्थानीय स्वशासन कायम गर्नुपर्दछ । सामन्ती एकात्मक केन्द्रीकृत शासन व्यवस्थाले गर्दा नेपाली जनताको अधिकार खोसिएको हो । यो गलत व्यवस्था हो । यसको ठाउँमा प्रजातान्त्रिक विकेन्द्रीकरणमा आधारित एकात्मक शासन व्यवस्थामा मात्र देशको समृद्धि सम्भव हुने छ । अन्यथा देश झन्पछि झन् टाट पल्टिँदै जाने छ । एकात्मक शासन प्रणाली र केन्द्रीकृत शासन प्रणाली एउटै हैन । आफूलाई सङ्घीयताको पक्षपाती भन्नेले फैलाएको भ्रम भनेको एकात्मक शासन प्रणालीलाई नै केन्द्रीकृतसँग जोड्ने गरेका छन् । यो एउटै हैन भन्ने कुरा तल्लो तहसम्म बुझाउन जरुरी छ ।

    अन्ततः देशको समृद्धिका लागि राष्टियता रक्षा जरुरी हुन्छ भने त्यसका लागि सङ्घीयताको खारेजी जरुरी छ । नेपाल सरकारले अन्तरिम संविधान–२०६३ को तेस्रो संशोधनबाट भित्राइएको सङ्घीयता नेपालको संविधान–२०७२ लाई संशोधन गरी खारेज गर्नुपर्दछ । यदि सरकारले यो हिम्मत गर्न सक्दैन भने नेपाली जनताको आन्दोलनले यसको खारेज गर्नु नै अहिले देशको हितमा हुने छ ।

    शुक्रबार, जेठ १६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ
    मीनराज रानाको सङ्क्षिप्त जीवनी
    घण्टीको उपहार र त्रिपुरेश्वरमा जलिरहेका गणेश

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.