• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ४. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ५. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

सम्पूर्ण गणतन्त्रवादी एक भई प्रतिगमन विरुद्ध सङ्घर्ष गर्न अखिल (छैठौं) को आग्रह


  •   शनिबार, चैत १६, २०८१ मा प्रकाशित
  • काठमाडौँ । अखिल (छैठौं) ले देशमा सम्पूर्ण गणतन्त्रवादी शक्तिहरू एक भई प्रतिगमनको विरुद्धमा सङ्घर्ष गर्न आग्रह गरेको छ ।

    Advertisement

    अध्यक्ष सुवाश जिसीको हस्ताक्षरमा २०८१ चैत १६ गते शनिबार प्रेसवक्तव्य जारी गर्दै युनियनले सो आग्रह गरेको हो ।

    युनियनले हिजो चैत १५ गते राजावादीको तोडफोडको भर्त्सना गर्दै घटनामा ज्यान गुमाउनुभएकाप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “गत २०८१ चैत १५ गतेका दिन राजावादीको कथित प्रदर्शनका नाममा निजी घर, व्यावसायिक प्रतिष्ठान, विभिन्न सञ्चारगृह र सरकारी तथा निजी गाडीलगायतलाई निसाना बनाएर गरिएको तोडफोड, आगजनी, लुटपाट र पत्रकारलाई ज्युँदै जलाएर हत्या गर्ने प्रकारका हिंसक र जघन्य आपराधिक कार्यको हाम्रो सङ्गठनले घोर विरोध तथा कडा शब्दमा भर्त्सना गर्दछ ।

    उक्त आपराधिक घटनाको क्रममा ज्यान गुमाउने पत्रकार सुरेश रजक र सविन महर्जनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ । शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं । उक्त घटनामा संलग्न अपराधी, घटना घटाउन उत्प्रेरित गर्ने मतियारसमेतलाई तुरुन्त पहिचान गरी कडाभन्दा कडा सजाय गर्न सरकारसँग जोडदार माग गर्दछौँ ।

    राजावादीले निरन्तर गणतन्त्रप्रति हमला जारी राखेका छन् । देशमा व्याप्त भ्रष्टाचार, कुशासन र जनतामा रहेको निराशाको फाइदा उठाउँदै त्यसकै बलमा आफ्नो मरेको “स्वर्ग” लाई ब्युँताउने मूर्खतापूर्ण धृष्टता राजावादीले गरेका छन् । अवश्य पनि गणतन्त्रले जनताका आधारभूत समस्या समाधान गर्न सकिरहेको छैन । ठुला दल र तिनीहरूका भ्रष्ट नीतिले जनतामा असन्तोष बढिरहेको छ तर यी समस्याको समाधान कुनै पनि प्रकारको सामन्तवाद र प्रतिगामी व्यवस्थावाट सम्भव छैन । विगतमा २४० वर्षसम्म राजतन्त्रले देशलाई कैयौँ वर्षपछाडि धकेलेको इतिहासलाई हामीले बिर्सनु हुँदैन ।

    सामन्तवाद र प्रतिगामीको चरित्र सर्वथा जनतामाथि बर्बरतापूर्ण हिंसा, दमन र अत्याचार गर्नु हो । तीनकुनेको आपराधिक घटनाले यसलाई पुष्टि गरेको छ । त्यसकारण हामीले गणतन्त्रलाई सुदृढ गर्दै, जनतामा उच्च प्रकारको राजनैतिक चेतना र विचार निर्माण गर्दै पार्टी र नेतालाई राज्य, सरकार र जनताप्रति समर्पित, जवाफदेही र उत्तरदायी बनाउने प्रयत्नमा जोड दिनुपर्दछ ।

    राजावादी र प्रतिगामी तत्त्वको विरुद्ध आज सम्पूर्ण गणतन्त्रवादी एकताबद्ध हुनुपर्ने आवश्यकता बढेर गएको छ । हामीले सम्पूर्ण गणतन्त्रवादी पार्टी, विद्यार्थी सङ्घसङ्गठन तथा राष्ट्रवादी व्यक्तिलाई एकताबद्ध भई प्रतिगमनको विरुद्ध सङ्घर्ष गर्नसमेत हार्दिक अपिल गर्दछौँ ।”

    शनिबार, चैत १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक
    राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु
    बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)
    भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे
    कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग
    चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ४.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ५.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

    • २.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ३.
      बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

    • ४.
      भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    • ५.
      कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

    • ६.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • ७.
      लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

    • ८.
      ‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.