• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

स्तालिनको रक्षा


  •   शुक्रबार, चैत १५, २०८१ मा प्रकाशित
  • मोहनविक्रम सिंह ##

    Advertisement

    (हालै युरोपको कुनै स्थानमा स्तालिनको मूल्याङ्कनसम्बन्धी एउटा अन्तर्राष्ट्रिय विचारगोष्ठीको आयोजना गरिएको थियो । त्यो सेमिनारमा भाग लिन नेकपा (मसाल) का महामन्त्री कामरेड मोहनविक्रम सिंह पनि जानुभएको थियो । त्यो विचारगोष्ठीमा उहाँले प्रस्तुत गरेको अङ्ग्रेजी कार्यपत्रको नेपाली अनुवाद तल जस्ताको तस्तै दिइएको छ ।)

    स्तालिन विश्व कम्युनिस्ट आन्दोलनका एक महान् नेता थिए । मार्क्स र एङ्गेल्सले वैज्ञानिक समाजवादको सिद्धान्तको प्रतिपादन गरे । लेनिनको नेतृत्वमा रुसमा समाजवादी क्रान्ति सफल भयो । स्तालिन रुसी समाजवादी क्रान्तिमा लेनिनका सहयोद्धा पनि थिए । लेनिनको मृत्युपछि उनले रुसमा समाजवादलाई व्यावहारिक रूप दिन र यसलाई उच्चस्तरमा विकास गर्न काम गरे । यो सम्पूर्ण मानवजातिको इतिहासमा एक धेरै महत्त्वपूर्ण र अद्वितीय उपलब्धि थियो । त्यसका साथै उनले मार्क्सवादी–लेनिनवादी सिद्धान्तको व्याख्या गर्न र यसलाई उच्चस्तरको सिर्जनात्मक रूपमा विकास गर्न पनि महत्त्वपूर्ण योगदान दिए । दोस्रो विश्वयुद्धमा उनको भूमिकाको लागि पनि मानवजातिको इतिहासमा उनलाई सधैँ सम्झिनेछ । उनले स्तालिनग्रादको युद्धमा निर्णायक भूमिका खेले । त्यो युद्धमा उसको हार नै द्वितीय विश्वयुद्धमा फासिष्ट जर्मनीको निर्णयात्मक पराजय प्रमाणित भयो । उनले विश्व समाजवादी प्रणाली निर्माणमा पनि महत्त्वपूर्ण भूमिका खेले ।

    रुसमा समाजवाद निर्माण गर्ने क्रममा उनले स्वदेशी र विदेशी दुवै शक्तिहरू विरुद्ध कडा सङ्घर्ष गर्नुपऱ्यो तर साथै उनले पार्टीभित्रका विभिन्न प्रकारका भट्काव विरुद्ध पनि सम्झौताहीन सङ्घर्ष गर्नुपऱ्यो । यस्ता आन्तरिक सङ्घर्षबिना बोल्सेभिक पार्टी निर्माण गर्न र सोभियत सङ्घमा समाजवाद निर्माण गर्न सम्भव हुने थिएन । मार्क्सवादी–लेनिनवादी सिद्धान्त र द्वन्द्ववादलाई उच्चस्तरमा विकास गरेर मात्र स्तालिनले पार्टीभित्र र बाहिर दुवै ठाउँमा महत्त्वपूर्ण क्रान्तिकारी उपलब्धि हासिल गर्न सक्षम भए ।

    समाजवादको सिद्धान्त विकास गरेकोमा पुँजीवादी वर्गले मार्क्स र एङ्गेल्सको आलोचना र घृणा गर्थे । लेनिनलाई पुँजीवादीले अझ बढी आक्रमण गरे किनभने उनले समाजवादी क्रान्तिलाई सफल बनाउन काम गरेका थिए । पुँजीवादीले मार्क्स, एङ्गेल्स वा लेनिनभन्दा बढी स्तालिनलाई आक्रमण गरे किनभने उनले समाजवादी प्रणालीलाई व्यावहारिक रूप दिने काम गरेका थिए । उनले सोभियत सङ्घमा पुँजीवादी व्यवस्था समाप्त गरे, जो विश्व पुँजीवादी व्यवस्थाका लागि नै ठुलो धक्का थियो । त्यसैले विश्व पुँजीवादले नै उनीमाथि मार्क्स, एङ्गेल्स र लेनिनभन्दा कैयौँ गुणा बढी आक्रमण गरेका थिए ।

    विश्वका पुँजीपतिका साथै विभिन्न प्रकारका वामपन्थीद्वारा पनि उनीमाथि धेरै हमला वा आलोचना र निन्दा गरिएको थियो । त्यस सन्दर्भमा सर्वप्रथम उल्लेखनीय नाम ट्राटस्कीको थियो । उनले एउटा देशमा समाजवादको निर्माण, अमेरिका, बेलायत र फ्रान्ससँग फासीवाद विरुद्धको संयुक्त मोर्चा आदिको पनि विरोध गरे । उनले स्तालिनलाई विश्वक्रान्तिलाई धोका दिएको र त्यससित गद्दारी गरेकोसम्म आरोप लगाएका थिए । पछि सोभियत सङ्घको बिसौँ पाटीकाङ्ग्रेसमा ख्रुस्चेभले स्तालिनमाथि कडा आक्रमण गरे र अत्यन्त तल्लोस्तरमा उत्रेर उनको व्यक्तिगत निन्दा र चरित्रहत्यासम्म गरेका थिए । ख्रुस्चेभले स्तालिनको आलोचना गरेपछि विश्वभरका संशोधनवादीले पनि स्तालिनका विरुद्ध त्यही प्रकारको अभियान चलाए ।

    ख्रुश्चेभ र विश्वभरका सोभियत संशोधनवादीले स्तालिनको आलोचना उनको व्यक्तिपूजाको प्रवृत्तिका कारणले गरिएको दाबी गरे तर उनीहरूको स्तालिन विरुद्ध आक्रमणको मुख्य उद्देश्य मार्क्सवाद–लेनिनवाद, समग्रमा समाजवादी प्रणाली र पुँजीवाद पुनर्स्थापना गर्ने अभिप्रायद्वारा नै निर्देशित थियो । पछि उनीहरूको कार्यबाट त्यो कुरा प्रमाणित पनि हुँदै गयो ।

    सुरुमा उनीहरूले दाबी गरे कि उनीहरूको आक्रमण केवल स्तालिनको व्यक्तिपूजा प्रवृत्ति विरुद्ध थियो तर पछि उनीहरूले लेनिनमाथि पनि आक्रमण गरे । स्तालिनको व्यक्तिपूजा विरुद्धको सङ्घर्षको नाममा अन्य धेरै कुराका साथै उनीहरूले स्तालिनग्राद सहरको नामबाट “स्तालिन” शब्द हटाएर त्यसको “पेट्रोग्राद” नामकरण गरेका थिए । पछि उनीहरूले लेनिनग्राद सहरको नामबाट पनि “लेनिन” शब्द हटाएर त्यसको नाम “सेन्ट पिटर्सबर्ग” राखिएको थियो ।

    माओको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीले स्तालिनको रक्षाका लागि बलियो वैचारिक अडान लिएको थियो र सोभियत संशोधनवादलाई कडा चुनौती दिएको थियो । चिनियाँ कम्युनिस्ट पार्टीले स्तालिनमा केही कमी भएको कुरालाई पनि स्वीकार गरे पनि प्रधान रूपमा उनी सही नै भएको निष्कर्ष निकालेको थियो । त्यस सन्दर्भमा चिनियाँ पार्टीले स्तालिन ७० प्रतिशत सही र केवल ३० प्रतिशत गलत भएको निष्कर्ष निकालेको थियो । स्तालिनप्रतिको यस्तो दृष्टिकोण द्वन्द्वात्मक र सन्तुलित प्रकारको थियो ।

    सोभियत सङ्घमा उत्पादनका सबै साधनको सामाजिकीकरण र सामन्ती तथा पुँजीवादी वर्गको अन्त्यपछि स्तालिन यो निष्कर्षमा पुगे कि त्यहाँ अब वर्गसङ्घर्षको आवश्यकता छैन । स्तालिनको त्यो निष्कर्ष गलत थियो । उनले यो कुरालाई ध्यानमा राख्न सकेनन् कि सोभियत सङ्घमा उत्पादनका साधनको पुँजीवादी स्वामित्वको अन्त्य र पुराना शोषक वर्गको अन्त्यपछि पनि वितरणको क्षेत्रबाट नयाँ पुँजीपति वर्ग देखा परेको थियो । त्यसैले तिनीहरू विरुद्ध अझै पनि वर्गसङ्घर्षको आवश्यक थियो । अर्को शब्दमा, सोभियत समाजमा सर्वहारा वर्गको अधिनायकत्वको आवश्यकता अझै समाप्त भएको थिएन । रुसमा वर्गसङ्घर्ष अब आवश्यक छैन भन्ने विचारले त्यहाँ सर्वहारा वर्गको अधिनायकत्वलाई पनि कमजोर बनायो । फलस्वरूप वितरणको क्षेत्रबाट उदय भएको नयाँ पुँजीवादी वर्गले उत्पादनका साधन कब्जा गऱ्यो । फलस्वरूप रुसमा समाजवादी व्यवस्थाको अन्त्य भयो र पुँजीवादी व्यवस्था पुनर्स्थापित भयो ।

    सोभियत सङ्घमा अब वर्गसङ्घर्ष आवश्यक छैन भन्ने निष्कर्षमा पुग्नु स्तालिनको गल्ती थियो यद्यपि माओले भनेझैँ यो गल्ती उनको सोचमा “अधिभूतवादको पर्याप्त मात्रा” (अ फेयर अमाउन्ट अफ मेटाफिजिक्स) को कारणले भएको तर्क गर्नु निश्चित रूपमा सही हुने छैन । स्तालिनको गलत निष्कर्ष त्यस समयमा अवस्थित ऐतिहासिक सीमितताको परिणाम थियो । रुसमा समाजवादी क्रान्तिअघि संसारको कुनै पनि देशले कहिल्यै समाजवाद निर्माण गरेको थिएन । त्यसैले उनले कुनै पनि पूर्व ऐतिहासिक अनुभवबाट सिक्ने अवसर पाएका थिएनन् ।

    उत्पादनका साधनको सामाजिकीकरण, सामन्ती र पुँजीवादी वर्गद्वारा उत्पादनका साधनको स्वामित्वको अन्त्य र समाजमा निजी सम्पत्तिको अन्त्यपछि पनि वितरणको क्षेत्रबाट नयाँ पुँजीवादी वर्ग देखा पर्न सक्छन् भन्ने कुरा उनले सिक्न सकेनन् । फलस्वरूप वर्गसङ्घर्ष वा सर्वहारा वर्गको अधिनायकत्व अझै पनि तिनीहरू विरुद्ध आवश्यक हुने छ । त्यो पक्षमा ध्यान दिन नसक्नु उनको चिन्तनमा भएको अधिभूतवादी कमजोरीको परिणाम थिएन तर ऐतिहासिक सीमाको परिणाम थियो ।

    सोभियत सङ्घमा पुँजीवाद पुनर्स्थापनाको अर्को मूल कारण सामान्यतया जनतामा विद्यमान व्यक्तिवादी मानसिकता थियो । तल्लो तहमा घर जमाएको व्यक्तिगत स्वामित्वको मानसिकताले पनि पुँजीवाद पुनर्स्थापनाको लागि मार्गप्रशस्त गऱ्यो । रुसको ऐतिहासिक अनुभवबाट पाठ सिक्दै माओले चीनमा पनि त्यस प्रकारको व्यक्तिवादी सम्पत्तिको स्वामित्वको मानसिकतामा रूपान्तरणका लागि योजनाबद्ध र सङ्गठित प्रकारले अभियान चलाए । त्यसका लागि उनले महान् सांस्कृतिक क्रान्तिद्वारा त्यस प्रकारको मानसिकतामा सुधार गर्ने प्रयत्न गरे यद्यपि त्यो प्रयास सफल भएन र अन्ततः चीनमा पनि पुँजीवाद पुनर्स्थापित भयो ।

    यस सन्दर्भमा हामीले “मध्यपन्थी” अवसरवाद विरुद्धको सङ्घर्षमा माओले देखाएको कमजोरीलाई पनि उपेक्षा गर्नुहुँदैन, जुन चीनको कम्युनिस्ट पार्टीमा चाउएनलाईको नेतृत्वमा चीनमा देखा परेको थियो (पछि त्यही “मध्यपन्थी” अवसरवादले दक्षिणपन्थी अवसरवादलाई बल पुऱ्यायो र त्यसको परिणामस्वरूप चीनमा पनि पुँजीवादको पनि पुनर्स्थापना हुन गयो) यद्यपि माओको त्यो आलोचनाका कारणले विश्व कम्युनिस्ट आन्दोलन वा लेनिनको युगमा उनको योगदानलाई कुनै पनि प्रकारले कम मूल्याङ्कन गर्नु अवश्य पनि सही हुने छैन, जसरी स्तालिनका कतिपय कमजोरीका कारणले विश्व कम्युनिस्ट आन्दोलनमा उनको महान् योगदान र भूमिकालाई कम मूल्याङ्कन गर्नु अवश्य पनि सही हुने छैन ।
    अत्यन्त चुनौतीपूर्ण अन्तर्राष्ट्रिय र घरेलु प्रतिकूल परिस्थितिमा सोभियत सङ्घमा समाजवादी व्यवस्थाको निर्माण, पार्टीभित्रका विभिन्न प्रकारका भड्कावका विरुद्ध सफल सङ्घर्ष, फासीवादी जर्मनीमाथि विजय, लेनिनको युगमा मार्क्सवादी–लेनिनवादी सिद्धान्तको सृजनात्मक विकास र विश्व समाजवादी प्रणालीको निर्माणजस्ता स्तालिनको उच्च प्रकारको द्वन्द्वात्मक दृष्टिकोणको अभावमा सम्भव हुने थिएनन् । त्यस प्रकारको पृष्ठभूमिमा माओद्वारा स्तालिनको आलोचना अर्थात् उनको चिन्तनमा पर्याप्त मात्रामा अधिभूतवादी चिन्तनको असर परेको कुरालाई सही मान्न सकिँदैन ।
    पछि, आरसिपी युएसए ले पनि स्तालिन विरुद्ध धेरै आरोप लगायो । यी आरोप धेरै हदसम्म ट्राटस्कीले स्तालिन विरुद्ध लगाएका आरोपसँग मिल्दाजुल्दा थिए । उनीहरूले विशेष गरी दोस्रो विश्वयुद्धको सन्दर्भमा स्तालिनको रणनीतिलाई उल्लेख गरे र उनले मार्क्सवाद–लेनिनवादका सिद्धान्तलाई लज्जास्पद रूपमा त्यागेको दाबी गरे । उनीहरूले स्तालिनलाई सुधारवादी, दक्षिणपन्थी र अन्धराष्ट्रवादी भएको र सोभियत सङ्घको रक्षा गर्न विश्व सर्वहारा क्रान्तिका हितलाई त्यागेको पनि आरोप लगाए ।
    वास्तवमा सोभियत सङ्घमा जर्मनीको आक्रमणपछि दोस्रो विश्वयुद्धको अन्तरसाम्राज्यवादी चरित्रमा परिवर्तन भएर त्यसले देशभक्तिपूर्ण युद्धको रूप लिएको थियो । आरसिपी युएसए स्तालिन र कमिन्टर्नको त्यस प्रकारको व्याख्यासित पूर्ण रूपले असहमत थियो र त्यसले द्वितीय विश्वयुद्धको चरित्र सुरुदेखि अन्त्यसम्म अन्तरसाम्राज्यवादी नै रहेको ठहर गरेको थियो । त्यसैले उनीहरूको यो दाबी थियो कि फासीवादी जर्मनी विरुद्ध साम्राज्यवादी शक्तिसँग गठबन्धनको स्तालिनको रणनीति गलत मात्र थिएन, त्यो विश्व सर्वहारा क्रान्तिसँग विश्वासघात पनि थियो ।
    सन् १९८४ मा रिमको स्थापना सम्मेलन फ्रान्समा आयोजना गरिएको थियो । निसन्देह यसले चिनियाँ संशोधनवादको खण्डन गर्न सकारात्मक भूमिका खेलेको थियो । त्यसले माओत्सेतुङ विचारधारा र महान् चिनियाँ सांस्कृतिक क्रान्तिको समर्थनमा पनि महŒवपूर्ण भूमिका खेलेको थियो तर सम्मेलनमा प्रमुख भूमिका आरसिपी युएसएको भएकोले, तिनीहरूले सम्मेलनलाई ट्राटस्कीवादी लाइनको पक्षमा मोड्न सक्दो प्रयास गरेका थिए । तिनीहरूले दोस्रो विश्वयुद्धको मूल्याङ्क सम्बन्धी ट्राटस्कीवादी विश्लेषणलाई समावेश गर्न र यसरी स्तालिनको लाइनलाई गलत साबित गर्न सक्दो प्रयास गरेका थिए यद्यपि कामरेड सम्मुखदासमको नेतृत्वमा रहेको सिलोन कम्युनिस्ट पार्टी, टर्कीको टिकेपी एमएल र नेकपा (मसाल) समेतको कडा विरोधका कारण आरसिपी युएसएको रिमको सम्मेलनलाई स्तालिन विरुद्ध ट्राटस्कीवादी अडानमा लैजाने प्रयत्न सफल हुन सकेन । त्यति मात्र होइन, रिमको घोषणापत्रमा यो शब्दावलीलाई सामेल गर्न स्वीकार गर्नुपऱ्यो : “मार्क्स, एङ्गेल्स, लेनिन, स्तालिन र माओत्सेतुङका वैज्ञानिक शिक्षाद्वारा सुसज्जित वर्तमान युगमा आफ्ना जिम्मेवारी पूरा गर्न सचेत छौँ… ।”
    विश्व कम्युनिस्ट आन्दोलनमा स्तालिनले धेरै ठुलो र ऐतिहासिक योगदान दिएका छन् । मार्क्सवाद, लेनिनवाद वा समाजवादका विरोधीले स्तालिनलाई विश्व कम्युनिस्ट आन्दोलनको नक्साबाट हटाउन धेरै प्रयास गरेका छन् । त्यस्ता प्रयास वास्तवमा समाजवादलाई नै उन्मूलन गर्ने लक्ष्यतर्फ निर्देशित छन् यद्यपि स्तालिनले विश्व समाजवादी क्रान्तिको महान् हितमा धेरै महत्त्वपूर्ण भूमिका खेलेका थिए र विश्व समाजवादी क्रान्तिको महान् हितका लागि हामीले विश्व समाजवादी क्रान्तिको महान् खातिर उनको क्रान्तिकारी विरासतको रक्षा गर्न सधैँ सङ्घर्ष गरिरहनुपर्छ ।

    शुक्रबार, चैत १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • २.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ३.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ४.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ५.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ६.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ७.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ८.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.