काठमाडौं । काठमाडौंको तीनकुनेमा प्रदर्शन गरिरहेका राजावादीहरूले तीन व्यक्तिको घर तोडफोड गरेका छन् ।
Advertisement
तोडफोडपछि प्रदर्शनको अवस्था तनावग्रस्त बनेको हो ।
अहिले त्यहाँ प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरिरहेको छ ।
अवस्था तनावग्रस्त भएपछि तीनकुनेमा राजावादीको कार्यक्रम बिथोलिएको छ ।
राजावादीहरूको प्रदर्शन बिथोलिएपछि नेताहरू कार्यक्रमस्थल छाडेर तीनकुनेबाट बाहिरिएका छन् ।