काठमाडौँ । नेपाल शिक्षक महासंघले यही चैत २० गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलनको घोषणा गरेको छ ।
Advertisement
महासंघमा आवद्ध विभिन्न १५ वटा शिक्षकसँग सम्बन्धित संघसंस्थाहरूले संयुक्त अपील प्रकाशित गरी काठमाडौँ केन्द्रित आन्दोेलनको घोषणा गरेका हुन् ।
विज्ञप्तिमा ‘आन्दोलन अवधिमा नेपाल सरकार, प्रदेश सरकार तथा ती अन्तर्गतका निकाय एवम् स्थानीय तह लगायतबाट राखिएका तालिम, गोष्ठी, सेमिनार तथा सार्वजनिक कार्यक्रम एवम् उत्तर पुस्तिका परीक्षण तथा सम्परीक्षण जस्ता कार्यमा समेत संलग्न नहुन’ सबै शिक्षक कर्मचारीहरूमा आग्रह गरिएको छ ।
शिक्षक संघ–संस्थाका अध्यक्षहरूले अपीलमा विगतमा भएका सबै सहमति सम्बोधन हुने गरी गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक– कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्न माग गरेका छन् ।
