राम गैरे पाल्पाली ##
Advertisement
नेपाली क्रान्तिको लहर हराएको छैन ।
सङ्घीयता मुलुकलेले सह्राएको छैन ।१।
क्रान्तिकारी जन्ता आन्दोलित हुँदैछन् ।
सङ्घीयता हुन्न भनी त्यसै कराएको छैन ।२।
संसार फेर्नबाट पतित भएकाले झैँ ।
क्रान्तिकारीहरूले जनता लराएका छैन ।३।
मात्र भए कुर्ची तानातानका खेलहरू ।
यो युगले शोषण मन पराएको छैन ।४।
हेर न यी कुर्चीका खेलाडी सत्तामा हुँदा ।
कत्ति पनि महँगी कम गराएको छैन ।५।