केरसिंह अदै, तौलिहवा ।
राष्ट्रिय जनमोर्चा कपिलवस्तुले सङ्घीयता विरुद्ध काठमाडौँकेन्द्रित आन्दोलन सफल पार्न मोटरसाइकिल ऱ्यालीसहित १२ ठाउँमा कोणसभा सम्पन्न गरेको छ ।
२०८१ चैत १४ गतेका दिन जिल्लाको पिपरादेखि चन्द्रौटासम्म राजमोले सो कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रमको उद्घाटन पिपरामा राजमो कपिलवस्तुका अध्यक्ष रामप्रसाद बेलबासेले गर्नुभएको थियो ।
सो अवसरमा मन्तव्य राख्दै उहाँले सङ्घीयता विरुद्ध काठमाडौँकेन्द्रित आन्दोलन सफल पार्न सबै जनसमुदायको सहयोग र समर्थन आवश्यक रहेको बताउनुभयो । सभाको सञ्चालन अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव खुम रायमाझीले गर्नुभएको थियो ।
४ नम्बर जितपुरमा आयोजित सभालाई राजमो केन्द्रीय सल्लाहकार दधिराम आचार्यले सम्बोधन गर्नुभएको थियो भने सञ्चालन हिमलाल बेलबासेले गर्नुभएको थियो ।

बोधगाउँमा भएको कोणसभालाई अखिल नेपाल शिक्षक सङ्घ कपिलवस्तुका अध्यक्ष पिताम्बर खनालले सम्बोधन गर्नुभएको थियो भने सञ्चालन किसान महासङ्घ (अप्फा) कपिलवस्तुका अध्यक्ष सिद्धि आचार्यले गर्नुभएको थियो ।
वनगाईमा सम्पन्न कोणसभालाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका प्रतिनिधि मणिराम अधिकारीले सम्बोधन गर्नुभएको थियो भने सञ्चालन भविलाल गौतमले गर्नुभएको थियो ।
कोइली वनगाउँमा सम्पन्न कोणसभालाई अन्तर्राष्ट्रिय एकता समाजका महासचिव रायमाझीले सम्बोधन गर्नुभएको थियो भने सञ्चालन युवक सङ्घका विक्रम केसीले गर्नुभएको थियो ।
गोरुसिङ्गेचोकमा आयोजित कोणसभालाई शिक्षक सङ्घका हिमलाल बेलबासेले सम्बोधन गर्नुभएको थियो भने सञ्चालन नरबहादुर घर्तीले गर्नु भएको थियो ।
गोरुसिङ्गेबजारमा आयोजित अर्को कोणसभालाई राजमो राजमो कपिलवस्तुका अध्यक्ष बेलबासेले सम्बोधन गर्नुभएको थियो भने सञ्चालन रक्तिम सांस्कृतिक अभियान कपिलवस्तुका अध्यक्ष बेगम बुढामगरले गर्नुभएको थियो ।
बुद्धिचोकमा सम्पन्न भएको कोणसभालाई अप्फा केन्द्रीय उपाध्यक्ष शिव पौडेलले सम्बोधन गर्नुभएको थियो भने सञ्चालन मूल प्रवाहका अधिकारीले गर्नुभएको थियो ।

इमलियामा आयोजित कोणसभामा नेकपा (मसाल) कपिलवस्तुका प्रवक्ता माधव भाटक्षेत्रीले मन्तव्य राख्नुभएको थियो भने सञ्चालन अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव रायमाझीले गर्नुभएको थियो ।
खरेन्द्रपुरमा आयोजित अर्को सभालाई अन्तर्राष्ट्रिय एकता समाजका महासचिव रायमाझीले सम्बोधन गर्नुभएको थियो भने सञ्चालन मूल प्रवाहका अधिकारीले गर्नुभएको थियो ।
त्यसैगरी, चन्द्रौटामा भएको सभालाई नेकपा (मसाल) कपिलवस्तुका प्रवक्ता माधव भाटक्षत्रीले र अप्फाका उपाध्यक्ष पौडेलले सम्बोधन गर्नुभएको थियो । सभाको सञ्चालन राजमो कपिलवस्तुका सचिव केरसिंह अदैले गर्नुभएको थियो ।
राजमो कपिलवस्तुका सचिव अदैका अनुसार काठमाडौँकेन्द्रित आन्दोलन सफल पार्न जिल्लाव्यापी प्रचारप्रसार, आर्थिक अभियान सञ्चालन, जनभेटघाटजस्ता कार्यक्रम सम्पन्न गरिसकिएको छ ।
