काठमाडौँ । यता, पन्ध्र मिनेटका लागि स्थगन भएको राष्ट्रियसभाको बैठकको समय परिवर्तन भएको छ । संसद् सचिवालयले सूचना जारी गरी राष्ट्रियसभाको बैठक आजै ३ः४५ मा बस्ने जनाएको हो ।
Advertisement
दिउँसो १ः१५ मा सुरु भएको राष्ट्रियसभाको बैठक प्रतिपक्ष दलका सांसदहरुको अवरोधका कारण १५ मिनेटका लागि स्थगन गरिएको थियो ।
१५ मिनेटपछि बस्ने गरी स्थगित गरिएको राष्ट्रियसभाको बैठक विशेष कारणवश तोकिएको समयमा बस्न नसक्ने भएकाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ९३० बमोजिम आजै अपराह्न ३ः४५ बजे बस्ने गरी निर्धारण गरिएको राष्ट्रियसभाद्वारा प्रकाशित सूचनामा जनाइएको छ ।