शिव पन्थी, खलङ्गा ।
प्युठानको स्वर्गद्वारी नगरपालिकामा जातीय समता समाजको नगर भेला सम्पनन भएको छ ।
राष्ट्रिय जनमोर्चाका नगर समितिका अध्यक्ष गिरबहादुर गुरुङको प्रमु आतिथ्यमा २०८१ चैत १२ गते मङ्गलबारका दिन सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि गुरुङले जातीयता र वर्गसङ्घर्षको आन्दोलनलाई अघि बढाउँदै नेपालको सन्दर्भमा सङ्घीयता घातक प्रणाली भएको बताउनुभयो ।
भेलामा समता समाज प्युठानका जिल्ला सदस्य पुनाराम परियार र राजमो स्वर्गद्वारीका उपाध्यक्ष गङ्गाराम बिसीको पनि उपस्थिति रहेको थियो ।
भेलाले जितेन्द्र विक अध्यक्ष रहनुभएको १३ सदस्यीय समता समाजको नगर समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा विनबहादुर नेपाली, सचिवमा वीरमान विक, कोषाध्यक्षमा एकता सुनार तथा सदस्यमा टेकबहादुर विक, शेरबहादुर सुनार, वीरबहादुर सुनार, इन्द्रा परियार, विष्णु परियार, शान्तबहादुर सुनार, चोपबहादुर सुनार, कमला सुनार र लाली सुनार रहनुभएको छ ।
भेलाले पुनाराम परियार, विनोद विक, झग्गु परियार, मनोज पुन र गिरबहादुर सुनारलाई सल्लाहकारमा चयन गरेको छ ।
भेलाको अध्यक्षता जितेन्द्र विकले र सञ्चालन विनोद विकले गर्नुभएको थियो ।
