गोविन्दकुमार शर्मा, काठमाडौँ ।
राष्ट्रिय जनमोर्चाकी सदस्य मानकुमारी पुनको निधन भएपछि केन्द्रीय अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले श्रद्धाञ्जली दिनुभएको छ ।
२०८१ चैत १२ गते मङ्गलबार मानकुमारीलाई आर्यघाटमा अध्यक्ष केसीले श्रद्धाञ्जली दिनुभएको हो ।
बागलुङ निसीखोला गाउँपालिका वडा नम्बर १ लेबाङ निवासी ७८ वर्षीय मानकुमारीको वीर अस्पतालमा चैत ११ गते निधन भएपछि दाहसंस्कार गर्नका लागि उहाँको शव आर्यघाट ल्याइएको थियो ।

दाहसंस्कारअघि सम्पन्न गरिएको सङ्क्षिप्त शोकसभामा अध्यक्ष केसीले शोकमन्तव्य राख्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना प्रकट गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरी, राजमो महासचिव मनोज भट्ट, राजमो केन्द्रीय सल्लाहकार आनन्द शर्मा, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सदस्य सगर सुवेदीलगायत परिवारजनको उपस्थिति रहेको थियो ।
