• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

देशको वर्तमान वस्तुगत अवस्था र यसको निकास


  •   सोमबार, चैत ११, २०८१ मा प्रकाशित
  • मेघराज भट्टराई ##

    Advertisement

    देशको अवस्था दिनप्रतिदिन जटिल बन्दै गएको छ । उद्योग, व्यापार, कृषि, शिक्षा, स्वास्थ्य, यातायातलगायतका आधारभूत क्षेत्र सङ्कटमा छन् । बेरोजगारी, महँगी, भ्रष्टाचार, सामाजिक असमानता र राजनैतिक अस्थिरताले जनता निराश भएका छन् । यस्तो अवस्थामा प्रतिगामी शक्तिहरूले फाइदा उठाउँदै आफ्नो प्रभाव विस्तार गर्न थालेका छन् तर यो अवस्था आकस्मिक रूपमा सिर्जना भएको होइन । विगतका गलत नीति, असफल नेतृत्व, भ्रष्ट प्रशासन, अवसरवादी राजनीति र अन्तर्राष्ट्रिय शक्तिको चलखेलले आजको सङ्कटपूर्ण अवस्थालाई जन्म दिएको हो ।

    वर्तमान सङ्कटका प्रमुख कारण कमजोर अर्थतन्त्र र औद्योगिक पतनले देशको औद्योगिक उत्पादन थलिएको छ । घरेलु उद्योग प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेका छन् । निर्यात घट्दै गएको छ भने आयातमा निर्भरता अत्यधिक बढेको छ । साना व्यवसायी निरन्तर घाटामा गइरहेका छन्, जसले अर्थतन्त्रलाई थप कमजोर बनाएको छ ।

    कृषिप्रणालीको सङ्कट

    कृषिमा आत्मनिर्भर हुनुपर्ने देश आज खाद्यान्नसमेत आयात गर्न बाध्य छ । सहकारी प्रणाली भ्रष्टाचारको अखडा बनेको छ । किसानहरू लागत बढ्दै गएर मारमा परेका छन्, जसका कारण गाउँबाट सहरतर्फ बसाइँसराइ तीव्र भएको छ । यसबाट हिजो आधा जनसङ्ख्या धानेको पहाड खाली भएको छ । खेतीयोग्य जमिन बिरान बञ्जर भएका छ । यो कारणले पनि राष्ट्र आर्थिक रूपमा कमजोर बनेको छ ।

    शिक्षाप्रणालीमा पतन

    शिक्षा व्यवसायीकरण भयो, गुणस्तर खस्कियो । विदेशमा अध्ययन गर्नेहरूको लहर बढ्दै गयो, जसका कारण देशलाई कुशल जनशक्ति दिन सक्ने क्षमता कमजोर भयो । शिक्षालाई समाज रूपान्तरणको साधन बनाउनुको सट्टा धनआर्जनको माध्यम बनाइएको छ ।

    स्वास्थ्य सेवा असमान र महँगो

    स्वास्थ्य सेवा निजीकरण हुँदै गएपछि गरिब जनताका लागि उपचार दुर्लभ भयो । सरकारी अस्पतालमा सेवा गुणस्तर खस्कियो । चिकित्सा शिक्षा पनि व्यापारमा रूपान्तरण भएपछि योग्य डाक्टर उत्पादनभन्दा व्यापारिक मानसिकताका चिकित्सक जन्मिन थाले ।

    यातायात र पूर्वाधार विकासमा ढिलाइ

    कासका नाममा ठुल्ठुला आयोजना घोषणा गरिए पनि कार्यान्वयनमा ढिलाइ भयो । सडक, पुल, जलविद्युत् आयोजना, सार्वजनिक यातायात सुधारजस्ता पूर्वाधार विकासका कार्य भ्रष्टाचार, ठेकेदारी संस्कृति र अकर्मण्यताका कारण अलपत्र छन्, जसको कारण पनि नागरिकमा निराशा जागेको छ ।

    सामाजिक असमानता र विखण्डनको राजनीति

    राजनीतिक दलहरूले सत्तामा पुग्न जातीयता, क्षेत्रीयता, धर्म र भाषाको नाममा समाजलाई विभाजित गरे । राजनीतिक पहुँच भएका समृद्ध भए । गरिब झन् गरिब भए । समाजमा धनी र गरिबबिचको खाडल बढ्दै गयो ।

    राजनीतिक अस्थिरता र अवसरवाद

    नेताहरू सत्तामा पुग्न मात्र क्रियाशील छन् तर मुलुक समृद्ध बनाउने दूरदृष्टि कसैसँग छैन । बारम्बार सरकार परिवर्तन हुनु, राजनीतिक गठबन्धन स्वार्थका आधारमा बन्नु र विचारभन्दा सत्तालाई केन्द्रमा राख्ने प्रवृत्तिले मुलुक अस्थिर बनेको छ ।

    प्रतिगामी शक्तिको उदय

    देशमा सङ्कट गहिरिँदै जाँदा प्रतिगामी शक्तिहरूले फाइदा उठाउँदैछन् । तानाशाही, निरङ्कुशता, धर्मवादी राजनीति, साम्राज्यवादी चलखेल बढ्दै गइरहेको छ । लोकतान्त्रिक मूल्यमान्यता कमजोर हुँदै गएको छ । निकास के हो ? देशलाई सङ्कटबाट निकाल्न स्पष्ट कार्यदिशा आवश्यक छ ।

    निम्न बुँदालाई आत्मसात गर्न सकिए मात्र समस्याको समाधान सम्भव छ :

    १. उत्पादनमुखी अर्थतन्त्रको निर्माण आजको आवश्यकता हो । औद्योगिक पुनरुत्थान गरेर उत्पादनलाई बढावा दिनुपर्छ । कृषिमा आत्मनिर्भरता कायम गरी खाद्यान्न सङ्कट समाधान गर्नुपर्छ । स्थानीय उद्योगलाई प्रवर्धन गरेर रोजगारी सिर्जना गर्नुपर्छ ।

    २. भ्रष्टाचार नियन्त्रण र सुशासन

    आज देशमा भएका अर्बखर्बका भ्रष्टाचार भएका छन् । ठुला भ्रष्टाचारीलाई कारबाही गर्दै न्यायिक प्रणाली बलियो बनाउनु आवश्यक छ । नयाँ पुस्ताको नेतृत्व विकास गर्नुपर्छ, जसले क्रान्तिकारी दृष्टिकोणबाट देशलाई अघि बढाओस् । निष्पक्ष प्रशासनिक सुधार गरी सरकारी निकायलाई प्रभावकारी बनाउनुपर्छ ।

    ३. सामाजिक एकता र न्याय

    केही राजनीतिक शक्ति विदेशी लगानीमा आफनो कुनियत राखी देशलाई साम्प्रदायिक द्वन्द्वको नजिक पुऱ्याएका छन् । हामीले जातीय होइन, वर्गीय आधारमा राष्ट्रलाई समृद्धि, सामाजिक न्याय र एकतामा अघि बढ्नुपर्छ । जातीय, धार्मिक, भाषिक विभाजनको राजनीति बन्द गरी सामाजिक सद्भाव प्रवर्धन गर्नुपर्छ । राज्यको सम्पत्ति केही व्यक्तिको स्वार्थपूर्ति गर्न नभई सबै नागरिकका लागि उपयोग गर्नुपर्छ ।

    ४. गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा

    शिक्षाप्रणालीलाई व्यावसायीकरणबाट मुक्त गरी वैज्ञानिक र प्राविधिक शिक्षामा जोड दिनुपर्छ । हाम्रो संविधानले प्रत्येक नागरिकका लागि शिक्षा र स्वास्थ्यको ग्यारेन्टी गरेको छ । आज संविधानको पालना भएको भेटिँदैन । निःशुल्क र सुलभ स्वास्थ्यसेवा प्रदान गर्ने प्रणाली लागु गर्नुपर्छ ।

    ५. राष्ट्रिय स्वाधीनता र आत्मनिर्भर राष्ट्रिय नीति

    बाह्य शक्तिको हस्तक्षेप न्यूनीकरण गर्दै राष्ट्रलाई बलियो बनाउनु जरुरी छ । नेपालको बजार नेपाली उत्पादनको प्राथमिकता अनिवार्य गर्नुपर्दछ । तरकारी फलफूल खाद्यान्न आयात रोक्ने राष्ट्रिय नीतिनिर्माण गर्नुपर्दछ । स्वदेशी नीति अवलम्बन गरी अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने क्षमता विकास गर्नुपर्छ ।

    ६. सशक्त राजनीतिक रूपान्तरण

    राजनीतिक पार्टीमा विचारधारात्मक स्पष्टता हुनुपर्छ । सिद्धान्तहीन, अवसरवादी गठबन्धन तोड्नुपर्छ । क्रान्तिकारी नेतृत्वको विकास गर्नुपर्छ, जसले देशको वास्तविक समस्यालाई समाधान गर्न सक्छ । त्यसैले हामी निराश हुने होइन, पलायन हुने होइन ।

    देश सङ्कटमा छ तर समाधान असम्भव छैन । आज आवश्यक छ साँचो क्रान्तिकारी दृष्टिकोण, इमानदार नेतृत्व, जनतासँग प्रत्यक्ष सम्बन्ध र स्वाधीन नीतिको कार्यान्वयनको । यदि देशभक्त, जनमुखी, क्रान्तिकारी शक्तिहरू एकजुट भए भने मात्र यो सङ्कटको अन्त्य हुन सक्छ । अहिलेको मुख्य चुनौती भनेकै प्रतिगामी शक्तिलाई परास्त गर्दै लोकतान्त्रिक र जनउत्तरदायी सत्ता स्थापन गर्नु हो । देशलाई समृद्ध बनाउन भाषण होइन, कर्म आवश्यक छ । अब समय आएको छ, नीतिगत परिवर्तन, राजनीतिक रूपान्तरण, सामाजिक सद्भाव र आर्थिक पुनरुत्थानको ।

    सोमबार, चैत ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.