• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सरकारले संसद्को क्षेत्राधिकार कुण्ठित गऱ्यो : सांसद विश्वकर्मा


  •   आइतबार, चैत १०, २०८१ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका सांसद राजेश विश्वकर्मा (तुलप्रसाद) ले सरकारले संसद्को क्षेत्राधिकार कुण्ठित गरेको आरोप लगाउनुभएको छ ।

    Advertisement

    २०८१ चैत १० गते राष्ट्रियसभाको सत्रौँ अधिवेशनअन्तर्गत बैठक सङ्ख्या १६ मा प्रस्तुत “सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक–२०८१ माथि विचार गरियोस्” भन्ने प्रस्तावबारे लिखित मन्तव्य राख्दै उहाँले सो आरोप लगाउनुभएको हो ।

    माघ ७ गते संसद् अधिवेशन आह्वान गर्नुभन्दा सात दिनअघि पुस २९ गते भूमि अध्यादेश जारी गरेकोमा उहाँले आपत्ति प्रकट गर्नुभयो ।

    “जम्माजम्मी ७ दिनको अवधिमा सरकार वा मुलुकलाई त्यस्तो कुन सङ्कट आइपऱ्यो र सरकारले अध्यादेश जारी गर्नुपऱ्यो ?” लिखित मन्तव्य प्रस्तुत गर्दै उहाँले भन्नुभयो– “त्यसको औचित्यता सरकारले पुष्टि गर्न सक्नुपर्दछ ।”

    प्रतिस्थापन विधेयकलाई स्वीकार गर्नुको अर्थ संसद्को क्षेत्राधिकारलाई कुण्ठित गर्नु हुने निष्कर्ष दिइएको सो मन्तव्यको पूर्ण पाठ यस्तो छ :
    १. सुशासन प्रबन्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको प्रतिस्थापन विधेयकको मूल स्रोत जनप्रतिनिधि संस्था नभएर अध्यादेश हो । जनप्रतिनिधिको कानुन निर्माण गर्ने क्षेत्राधिकारलाई अतिक्रमण वा सङ्कुचित गर्ने उद्देश्यद्वारा अध्यादेश ल्याएको हुनाले त्यसबाट सृजित प्रतिस्थापन विधेयकउपरको सैद्धान्तिक छलफललाई अस्वीकार गरेर जानुपर्ने कुरामा हाम्रो दलले जोड दिन्छ ।

    २. सरकारले पुस २९ गते ५ ओटा अध्यादेश जारी गरेको थियो यद्यपि भूमिसम्बन्धी अध्यादेश माघ २ गते मात्र जारी भएको थियो ।

    सरकारले माघ १५ गतेका लागि माघ ७ गते अधिवेशन आह्वान गरेको थियो । जम्माजम्मी ७ दिनको अवधिमा सरकार वा मुलुकलाई त्यस्तो कुन सङ्कट आइपऱ्यो र सरकारले अध्यादेश जारी गर्नुपऱ्यो ? त्यसको औचित्यता सरकारले पुष्टि गर्न सक्नुपर्दछ तर सरकारले अध्यादेश जारी गर्नुको आवश्यकता र औचित्यलाई तार्किक ढङ्गबाट पुष्टि गर्न सक्ने अवस्था नै छैन र सकिरहेको पनि छैन । यसको स्वाभाविक तार्किक निष्कर्ष निस्किन्छ कि सरकारले जनप्रतिनिधिको संस्था संसद्लाई छलेर शासन गर्ने उद्देश्यले काम गरेको थियो ।

    ३. प्रतिस्थापन विधेयकउपरको सैद्धान्तिक छलफललाई स्वीकार गर्नुको अर्थ हुन्छ : जनप्रतिनिधि संस्था संसद्को क्षेत्राधिकारलाई कुण्ठित गर्न सरकारलाई प्रोत्साहित गर्नु । त्यसैले प्रतिस्थापन विधेयकउपरको छलफललाई यो राष्ट्रियसभाले अस्वीकार गरेर जानुपर्ने मत राख्दछ ।

    आइतबार, चैत १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.