गौर । राष्ट्रिय जनमोर्चा रौतहटको भेला आगामी २०८२ जेठमा हुने भएको छ ।
Advertisement
२०८१ चैत ९ गते शनिबार बसेको बैठकले सो निर्णय गरेको हो ।
राजमो मधेस प्रदेश समितिका अध्यक्ष धर्मानन्द सुवेदीको प्रमुख आतिथ्य तथा जिल्ला अध्यक्ष हरिकिशोर महतोको अध्यक्षतामा सो बैठक बसेको थियो ।
बैठकले आगामी चैत २४ देखि ३० गतेसम्म आयोजना गरिएको सङ्घीयता खारेजीका लागि काठमाडौँकेन्द्रित आन्दोलनमा कम्तीमा ३० जना सहभागी काठमाडौँ पठाउने निर्णय गरेको जानकारी दिइएको छ ।