• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

प्रतिगमनको खतरा र जनप्रियतावाद


  •   शनिबार, चैत ०९, २०८१ मा प्रकाशित
  • मोहनविक्रम सिंह ##

    Advertisement

    अहिले देशमा प्रतिगमनको खतरा निकै बढेर गएको छ । राजतन्त्रको पक्षमा ठाउँठाउँमा भइरहेका प्रदर्शनमाथि विचार गर्दाखेरि त्यो खतरालाई हल्का रूपमा लिनु सही हुने छैन ।

    राजावादीले राजतन्त्र पुनर्स्थापनाका लागि पूरा शक्ति लगाइरहेका नै छन् तर जुन कुराले त्यसका लागि मदत पुऱ्याइरहेको छ, त्यो हो– जनप्रियतावाद र त्यसलाई पनि हल्का रूपमा लिनु सही हुनेछैन । जनप्रियतावाद के हो ? त्यसलाई हामीले सही परिप्रेक्ष्यमा बुझ्नुपर्ने आवश्यकता रहेको छ । कैयन् पल्ट जनताले कुनै चिजलाई गहिराइमा गएर नगईकन हल्का र भावनात्मक प्रकारले कुनै चिजका पछाडि दौडने गर्दछन् । त्यसको परिणामस्वरूप संसारमा धेरै अनर्थ हुने गरेका थुप्रै उदाहरण छन् । त्यस सन्दर्भमा हिटलरको उदाहरण सबैभन्दा विशेष रूपले उल्लेखनीय छ ।

    हिटलरले जातिवादलाई उच्च रूपमा प्रोत्साहित गरेका थिए । उनले यो कुरामा जोड दिएका थिए कि जर्मन जाति संसारको सबैभन्दा श्रेष्ठ जाति थियो र त्यसलाई संसारभरि शासन गर्ने अधिकार थियो । उनको त्यो नाराको जर्मन जातिमा ठुलो असर परेको थियो । त्यस प्रकारको जातिवादी नाराको आधारमा नै उनले जर्मनीमा आफ्नो तानाशाही शासन स्थापित गरेका थिए । जनताको हिटलरप्रतिको त्यस प्रकारको सर्मथन तल्लोस्तरको जनप्रियताबाद नै थियो । त्यस प्रकारको जनप्रियतावाद नै हिटलरको तानाशाही शासन, फासिष्ट शासन र द्वितीय विश्वयुद्धमा विश्वव्यापी युद्ध र आतङ्कको कारण बनेको थियो । त्यही प्रकारले अन्य देशको आक्रमणमा प्राप्त सफलता र त्यसका आधारमा प्राप्त लोकप्रियताका कारणले नेपोलियनले फ्रान्समा गणतन्त्रलाई समाप्त गरेर निरङ्कुश राजतन्त्रको पुनर्स्थापना गरेका थिए ।

    भारतमा ब्रिटिस शासनले धार्मिक उन्मादलाई यति धेरै बढाइदिएको थियो कि हिन्दु र मुस्लिम एक अर्काका विरुद्ध खुनी दङ्गामा उत्रिएका थिए । त्यस प्रकारको दङ्गाका कारणले लाखौँ भारतीयको ज्यान गयो र हजारौँ महिला बलात्कृत भएका थिए । त्यो पनि एक प्रकारले धार्मिक उन्मादका कारणले पैदा भएको नाङ्गो प्रकारको जनप्रियतावाद हो । त्यसको परिणामस्वरूप नै भारत र पाकिस्तान दुईओटा देशमा विभाजन भयो । कैयन् पल्ट जनप्रियतावादका कारणले अगाडि आएका परिणामबाट कुनै देशलाई कति धेरै नोक्सान पुग्दछ ? त्यो त्यसको एउटा उदाहरण हो ।

    हिन्दु र मुसलमानका बिचको त्यस प्रकारको धार्मिक वैमष्यताको दुष्परिणाम भारत र पाकस्तिान दुवै देशका जनतालाई अहिलेसम्म पनि भोग्दै आएका छन् । नेपालको उदाहरण पनि हाम्राअगाडि छ ।

    २०१७ सालमा राजावादीले हिन्दु धर्मको कुरा व्यापक रूपमा उठाएर वा राजालाई हिन्दु धर्मको प्रतीकको रूपमा प्रतिष्ठित गरे । त्यसको परिणामस्वरूप २०१७ पुस १ गतेको काण्ड भयो र देशमा बहुदलीय व्यवस्थालाई समाप्त गरेर फेरि निरङ्कुश राजतन्त्र कायम गरियो । नेपाली जनताले ३० वर्षसम्म पञ्चायती तानाशाही व्यवस्थाको शासन सहनुपऱ्यो । त्यो कालमा जनतामाथि कति धेरै दमन भयो ? कति धेरै राष्ट्रिय सम्पत्तिको दुरुपयोग भयो । कति धेरै महिलालाई बलात्कार गरियो र हत्या गरियो ? देशमा मण्डलेको कति धेरै गुण्डाशासन चल्यो ? त्यो आम रूपमा थाहा भएको कुरा हो ।

    वास्तवमा त्यो बेला देशभरिमा हजारौँ पञ्च र मण्डलेको शासन थियो । अहिले राजावादी र पूर्व राजाले समेत २०४६ सालभन्दा पहिलेको शासन व्यवस्था ल्याउने कुरा गरिरहेका छन् । त्यसरी देशमा एउटै राजा भएमा देशमा शान्ति, सुव्यवस्था कायम हुने कुरा गर्दछन् तर राजतन्त्रअन्तर्गत देशमा कति शान्ति र सुव्यवस्था हुन्छ ? कति राजनीतिक स्थिरता हुन्छ ? नारायणहिटी दरबार हत्याकाण्डले बताइसकेको छ ।
    देशमा पञ्चायती व्यवस्थाको पुनर्स्थापना भयो भने देशभरि हजारौँ मण्डले र पञ्चे राजा बन्नेछन् र उनको गुण्डाशासन कायम हुनेछ । ३० वर्षको पञ्चायती शासनको उदाहरणबाट त्यो कुरामा कुनै शङ्का रहन्न ।

    अहिले राजावादीले राजाको पूर्व राजाको स्वागतमा जनताको ठुलो उपस्थिति भएको बताएर राजाप्रति जनताको ठुलो समर्थन भएको दाबी गर्दछन् तर त्यो राजाप्रतिको समर्थन होइन्, जनप्रियतावाद हो । त्यस प्रकारको जनप्रियताको आधार कुनै सचेत जनचेतना नभएर तल्लोस्तरका र पिछडिएका सोचाइले नै काम गरेका छन् । त्यो जनप्रियतावादको परिणाम संसारका सबै देश र नेपालमा पनि बारम्बार घातक नै हुने गरेका छन् । त्यसको परिणामबाट नेपाललाई बचाउन सचेत जनचेतनाद्वारा जनप्रियतामाथि विजय प्राप्त गर्नुपर्दछ ।

    शनिबार, चैत ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.