लक्षिराम अचार्य
Advertisement
गणतन्त्रमा लगाइएको घाउ
आज पनि दुखिरहेको छ
कहिले सहिदहरुको
रगत पोखिएकोले रुन्छ
कहिले घाइते योद्दाहरुको
घाउ चहएर दुख्छ
कहिले सहिद परिवारको
चित्कार खोतलियर दुख्छ
कहिले सत्ताको लुछाचुँडिमै दुख्छ
कहिले नेपाली माटो लुटिँदा दुख्छ
कहिले नाकाबन्दीको
बन्दी बनाइँदा दुख्छ
कहिले गिद्धले
लिम्पियाधुरा कालापानी
लुछेर लतार्दा
महाकाली आँसु बनेर बग्छ
कहिले नागरिकतामा अनि बिप्पा हुँदै
अहिले एमसीसी थोपार्दा
घाँस देखि थिच्चियर साँढे गोरुले
कांँध छोडिदिँदा
छाती पिटिपिटी पिरोलेर दुःखी रहेछ
अझै कथित जातभातको नाममा
प्रेमिल नबराज विकहरुको
नरसंहार मच्चाएर चौरजहारी सोतीले
जाजरकोट रानागाउँलाई
मुर्छित तुल्ल्याई रहेको छ
कोरोना महामारीमा पनि
साँढेहरुले भागबिलो लगाई
अंशबन्डा गरेको
दृष्टान्त सुन्नुपर्दा मेरो प्यारो
गणतन्त्रलाई झन् धेरै दुखिरहेछ ।।