• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

रामेछापमा सङ्घीयता विरुद्ध सभा


  •   बिहिबार, चैत ०७, २०८१ मा प्रकाशित
  • मन्थलीबजार । रामेछापको सदरमुकाम मन्थलीबजारमा सङ्घीयता विरुद्ध सभा सम्पन्न भएको छ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चा बागमती प्रदेश समितिको आयोजनामा २०८१ चैत ७ गते बिहीबार सो कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा मन्तव्य राख्दै राजमो केन्द्रीय सल्लाहकार आनन्द शर्माले सङ्घीयता देशले धान्नै नसक्ने अवस्थामा पुगेको बताउनुभयो ।

    आफूहरूले अन्तरिम संविधानमा संविधानसभालाई बाइपास गरेर ल्याएदेखि नै विरोध गर्दै आएको स्मरण गर्न जनतासित आग्रह गर्नुभयो ।

    सङ्घीयता कार्यान्वयनको अनुभवले यो देशले सङ्घीयता छिटोभन्दा छिटो खारेज गर्नुपर्ने महसुस भएकाले राजमोले आगामी चैत २४ देखि ३० गतेसम्म काठमाडौँकेन्द्रित अभियान सञ्चालन गर्न लागेको बताउनुभयो ।

    उहाँले सो आन्दोलनमा साथ दिन सम्पूर्ण देशभक्त नेपाली जनतासित आग्रह गर्नुभयो ।

    त्यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै राजमो केन्द्रीय सदस्य तथा बागमती प्रदेश समितिका अध्यक्ष लालबहादुर थापाले सङ्घीयताको अनावश्यक खर्च हटाउँदा शिक्षा र स्वास्थ्य क्षेत्र निःशुल्क गर्न सकिने बताउनुभयो ।

    अहिले देशको शिक्षा र स्वास्थ्यको क्षेत्र अत्यन्त कमजोर रहेको स्मरण गर्दै त्यसका लागि सङ्घीयता खारेज गरी त्यसमा खर्च भइरहेको रकम यता लगाउनुपर्ने बताउनुभयो ।

    उहाँले सङ्घीयता नेपाली जनताको माग नभएको पनि स्मरण गर्नुभयो ।

    कार्यक्रमको अध्यक्षता राजमो रामेछापका अध्यक्ष अर्जुन थापाले तथा सञ्चालन जगत् श्रेष्ठले गर्नुभएको थियो ।

    आजै राजमो बागमतीको आयोजनामा काभ्रेको भकुन्डेबेसी र सिन्धुलीको खुर्कोतमा पनि सभा सम्पन्न भएको छ ।

    राजमो बागमतीका अध्यक्षसमेत रहनुभएका थापाका अनुसार भोलि दोलखाको चरिकोट र सिन्धुपाल्चोकको खाडिचौरमा सभा सम्पन्न गर्ने कार्यक्रम रहेको छ ।

    पुरानोबजारमा पनि सभा

    त्यस्तै, रामेछापकै पुरानोबजारमा पनि कोणसभा सम्पन्न भएको थियो ।

    सभालाई अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुन र अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकीले सम्बोधन गर्नुभएको थियो ।

    सम्बोधनका क्रममा उहाँहरूले सङ्घीयता खारेज नगर्दासम्म देशको विकास निर्माण कार्य कुण्ठित बन्दै जाने बताउनुभएको थियो ।

    बिहिबार, चैत ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.