काठमाडौँ । दाङकी लीला श्रेष्ठ एक वर्षदेखि दुबईमा बेपत्ता भएकी छन् ।
Advertisement
वैदेशिक रोजगारीको सिलसिलामा दुबई पुगेकी श्रेष्ठ बेपत्ता भएकी भन्दै राष्ट्रियसभा सांसद जगप्रसाद शर्माले श्रेष्ठको खोजी गर्न सरकारसँग अनुरोध गरे ।
२०८१ चैत ६ गते बुधबार राष्ट्रियसभामा उनले भने– ‘दाङको तुलसीपुर उपमहानगरपालिका–१ निवासी श्रेष्ठ रोजगारीको सिलसिलामा दुबई गएको तीन वर्ष भएको छ । विगत एक वर्षदेखि उहाँ बेपत्ता हुनुहुन्छ । उहाँ आफन्तको सम्पर्कमा पनि हुनुहुन्न । परिवारले खोजी गरिरहे पनि अहिलेसम्म पत्ता लागेको छैन ।’
सांसद शर्माले दुबईस्थित राजदूतावास, परराष्ट्र मन्त्रालय र सरोकार भएका निकायसँग आवश्यक समन्वय गरेर श्रेष्ठको खोजी कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराए ।