काठमाडौँ । सरकारले नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा दीपक थापालाई नियुक्त गरेको छ ।
Advertisement
सोमबार बाुलुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी महानिरीक्षकमा अतिरिक्त महानिरीक्षक थापालाई नियुक्त गरेको हो ।
बैठकपछि निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चर तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले प्रहरीको महानिरीक्षकमा थापालाई नियुक्त गरेको बताए ।
मन्त्रिपरिषद्को नियुक्तिसँगै थापा नेपाल प्रहरीको ३१ औं आईजीपी बनेका छन् ।