• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

बागलुङका सात सडक कालोपत्र


  •   सोमबार, चैत ०४, २०८१ मा प्रकाशित
  • ढोरपाटन (बागलुङ) । चालु आर्थिक वर्षमा बागलुङका सात वटा सडकमा कालोपत्र सुरु गरिएको छ । गण्डकी प्रदेश सरकारअन्तर्गत पूर्वधार विकास कार्यालयमार्फत छिमेकी जिल्ला र अन्तरपालिका जोड्ने सडकमा कालोपत्र थालिएको हो ।

    Advertisement

    यसवर्ष मालढुङ्गा–पाक्जा, बुर्तिबाङ–तमानखोला, मजुवा–नेपाने, जैमिनी रिङरोड, कुश्मिशेरा–बरेङ पहिलो खण्ड, गल्कोट– हरिचौर–हिल–म्याग्दी र कुश्मिशेरा–बरेङ दोस्रो खण्ड कालोपत्र गर्न थालिएको पूर्वधार विकास कार्यालय बागलुङका सूचना अधिकारी दीपेस रिगलले जानकारी दिनुभयो । यी सडकमध्ये अधिकांश बहुवर्षे योजनाअन्तर्गत रहेको उहाँको भनाइ छ ।

    उहाँका अनुसार बुर्तिबाङ–तमानखोला सडकको १० किलोमिटर कालोपत्र गर्नका लागि एसी कन्स्ट्रक्सनले रु १२ करोड ७४ लाखमा सम्झौता गरिसकेको छ । आगामी विसं २०८३ मा सक्ने गरी गत साउनमा सम्झौता भएको रिगलले जानकारी दिनुभयो । अहिले उक्त सडकको विभिन्न ठाउँमा सडक फराकिलो बनाउने, नाली निर्माणलगायतका काम भइरहेको उहाँको भनाइ छ ।

    कुश्मिशेरा–बरेङ सडकअन्तर्गत पहिलो खण्डमा यसवर्ष १० किलोमिटर सडक कालोपत्र हुन थालेको छ । एमएस÷क्याराभान कन्स्ट्रक्सन जेभीले रु २४ करोड ५८ लाख ५७ हजार ८१७ मा जिम्मा पाएको थियो । विसं २०८१ चैत ३० गते सक्ने गरी विसं २०७६ असोज २८ गते सम्झौता गरे पनि हालसम्म ५७ प्रतिशत मात्रै काम भएको छ । निर्माण कम्पनीले तीव्र गतिमा काम गरे म्याद थप गर्न सकिने सूचना अधिकारी रिगल बताउनुहुन्छ ।

    त्यस्तै गल्कोट–हरिचौर–हिलहुँदै म्याग्दी जोड्ने सडक पनि यसवर्ष कालोपत्र हुँदैछ । कालोपत्र गर्नका लागि २८ करोड १५ लाख सात हजार लागतमा एमएस एपेक्स÷खड्का कृष्ण जेभीले जिम्मा पाएको रिगलले जानकारी दिनुभयो । विसं २०७६ कात्तिक २७ गते सम्झौता भएको उक्त सडक यही चैत २९ गते सकिनुपर्ने छ ।

    कुश्मिशेरा–बरेङ सडकको दोस्रो खण्डअन्तर्गत यसवर्ष १० किलोमिटर कालोपत्र गरिँदै छ । एम÷ एनएस÷आरबी जेभीले रु ११ करोड ४९ लाखमा जिम्मा पाएको छ । गत असार १२ गते सम्झौता भएको उक्त सडक विसं २०८३ असारमा सक्ने गरी काम भइरहेको रिगलले जानकारी दिनुभयो ।

    गलकोटस्थित मजुवा–नेपाने सडक कालोपत्र गर्नका लागि पनि सम्झौता भइसकेको उहाँको भनाइ छ । यस वर्ष १२ सय मिटर सडक कालोपत्रका लागि रु दुई करोड १३ लाखमा सम्झौता भएको रिगलले जानकारी दिनुभयो । गत जेठ १८ गते सम्झौता भएको उक्त सडक आगामी असार मसान्तमा सकिने गरी काम भइरहेको उहाँ बताउनुहुन्छ ।

    जैमिनी रिङरोड पनि यस वर्ष कालोपत्र हुँदैछ । करिब एक किलोमिटर कालोपत्र गर्नका लागि केबीसी÷एसी जेभीले रु तीन करोड २० लाखमा सम्झौता गरेको भन्दै आगामी असार मसान्तमा सकिने उहाँले बताउनुभयो ।

    बागलुङ नगरपालिकाअन्तर्गत मालढुङ्गा–पाक्जा सडकअन्तर्गत यसवर्ष करिब एक किलोमिटर सडक कालोपत्र हुँदैछ । जसका लागि रु ४० लाखमा ओम मल्टी विल्डर्सले जिम्मा लिएको भन्दै असार मसान्तसम्म सक्ने गरी काम गरिरहेको रिगलले जानकारी दिनुभयो ।

    सोमबार, चैत ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.