कृष्ण केसी, भरतपुर ।
राष्ट्रिय जनमोर्चा चितवनले चैत २४ देखि ३० गतेसम्म आयोजित सङ्घीयता विरुद्ध काठमाडौँकेन्द्रित आन्दोलनको तयारीस्वरूप अन्तरक्रिया कायृक्रम सम्पन्न गरेको छ ।
भरतपुर महानगरपालिका–१८ वडा समितिको आयोजनामा २०८१ चैत २ गते शनिबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि राजमो केन्द्रीय सदस्य डम्मर पुरी तथा विशिष्ट अतिथि अर्का राजमो केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गाना हुनुहुन्थ्यो ।

कार्यक्रममा प्रमुख र विशिष्ट अतिथिसँगै अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य तथा चितवनकी अध्यक्ष बालकुमारी आचार्य, राजमो चितवनका अध्यक्ष अध्यक्ष अमर छेत्री, नेकपा (एमाले) भरतपुर–१८ का अध्यक्ष सुरेश ढकाल, ज्येष्ठ नागरिक हरि न्यौपाने र सहरी क्लिनिक महिला समितिकी अध्यक्ष हीरा गुरुङले मन्तव्य राख्नुभएको थियो ।
सो अवसरमा राजमो नेता गुणनिधि आचार्य, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय उपाध्यक्ष मोहराज चालिसे, रक्तिमकै केन्द्रीय सल्लाहकार तथा बागमती प्रदेश अध्यक्ष देवी शर्मा, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य डमर केसी, मूल प्रवाह अखिल भारत नेपाली एकताका कोषाध्यक्ष मदन शर्मा, अखिल नेपाल किसान महासङ्घ (अप्फा) चितवनका अध्यक्ष लक्षुमन चालिसे, अप्फाकै जिल्ला सल्लाहकार बिस्नु पौडेल, ज्येष्ठ नागरिकहरू भिउकुमारी रेग्मी र रुद्रबहादुर केसीको पनि आतिथ्य रहेको थियो ।

कृष्ण केसीको सञ्चालन तथा दलबहादुर केसीको अध्यक्षतामा अघि बढेको उक्र कार्यक्रममा उपस्थित जनसमुदायलाई देवी शर्मा र रक्तिम सांस्कृतकि अभियानका कलाकारद्वारा स्वागत गर्नुभएको थियो ।
