काठमाडौँ । शिक्षक महासंघले नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालयमा धर्ना दिएको छ।
Advertisement
शुक्रबार चौथो दिनको धर्नाअन्तर्गत महासंघले माओवादीको पार्टी कार्यालयमा धर्ना दिएको हो।
अब नेपाली शिक्षक, कर्मचारीहरू अन्तिम चरणको आन्दोलनमा रहेको र चैत्र २० गतेसम्म पनि सरकारले विगतका सबै सहमति सम्बोधन हुनेगरी विद्यालय शिक्षा ऐन जारी नगरे अन्तिम र निर्णायक चरणको आन्दोलन गर्ने महासंघले चेतावनी दिएको छ।
धर्ना कार्यक्रमपछि रिले अनसनमा जाने र चैत्र २० गतेपछि अन्तिम र निर्णायक चरणको आन्दोलन गर्ने चेतावनी शिक्षकहरूको छ।
सरकारलाई चाँडो भन्दा चाँडो विगतमा भएका सबै सहमति कार्यान्वयन गरेर विद्यालय शिक्षा ऐन ल्याउन माग गरेका छन्।