काठमाडौँ । पृथ्वीनारायण क्याम्पस पोखरामा अखिल (छैठौं) को तर्फबाट मिलन सुनार सभापति पदको उम्मेदवार हुनुभएको छ ।
Advertisement
अखिल (छैठौं) केन्द्रीय कार्यालयले सो जानकारी दिएको हो ।
बागलुङ जिल्लाको निसीखोला गाउँपालिका वडा न. ७ मा जन्मनुभएका सुनार हाल पिएन क्याम्पसमा बिबिए तेस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ । अखिल (छैठौं) को विद्यार्थी आन्दोलनमा सानैदेखि सक्रियतापूर्वक सहभागी हुनुभएका उहाँले विद्यार्थी आन्दोलनका एजेन्डासहित क्याम्पसलाई सुदृढ शैक्षिक संस्थाको रुपमा विकास गर्न आफ्नो उम्मेदवारी रहेको दाबी गर्नुहुन्छ ।
दलित समुदायबाट सभापतिमै उम्मेदवार हुने कम सङ्ख्यामा उहाँ एक रहेको भन्दै सामाजिक सञ्जालमा उहाँको तीव्रतासाथ प्रचार भइरहेको छ ।
उहाँसहित उक्त क्याम्पसमा अखिल (छैठौं) को तर्फबाट तारा भण्डारी, अस्मिता पुन र बिना ढुङ्गाना उम्मेदवार हुनुहुन्छ ।