• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

अध्यक्ष केसी : अध्यादेशबाट शासन चलाउनेले सुशासनका कुरा गर्दा कसले पत्याउने ? (भिडियोसहित)


  •   बुधबार, फागुन २८, २०८१ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले सत्तारूढ दलप्रति कटाक्ष गर्दै भन्नुभएको छ– ‘अध्यादेशबाट शासन चलाउनेले सुशासनका ठुला कुरा गर्दा कसले पत्याउने ?’

    Advertisement

    २०८१ फागुन २८ गते बुधबार प्रतिनिधिसभामा प्रस्तुत “सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक–२०८१” माथि छलफल गर्दै उहाँले सो टिप्पणी गर्नुभएको हो ।

    ‘जुन सरकारले अध्यादेशबाट शासन गर्छ, त्यो सरकारले सुशासनको कुरा गर्दा पत्याउने कसले ?’ उहाँले भन्नुभयो– ‘सरकारमै भएका सांसदहरूले यही सरकारले मतदान गरेका मतदाताले पत्याउनुहुन्छ ? छातीमा हात राखेर भन्नुस् त ?’

    उहाँले सुशासनको मामिलामा सत्तापक्ष नराम्ररी फसेको बताउनुभयो ।

    अध्यक्ष केसीका अनुसार सत्तारूढ दलकै कमजोरीका कारणले व्यवस्थामाथि प्रश्न उठेको दाबी गर्नुभयो ।

    उहाँले भन्नुभयो–’हामी सच्चिनुपर्छ । यदि हामी सच्चिएनौँ भने संसारले देख्नेछ । जनताले देख्नेछ । हामी सच्चिऊँ । मैले तपाईंहरूलाई घोचपेच गर्न भनेको हैन । हामी सबैले आर्जेको प्रणालीलाई हाम्रै कारणले खतम भयो भने के हुन्छ ?’

    यस्तो अध्यक्ष केसीद्वारा प्रस्तुत मन्तव्य
    सरकारले कुरा त राम्रो गर्दछ । “कुराजस्तो कुरा गरौँ भने चित्त फाट्नी, नाचजस्तो नाच नाचौ भने घाघर फाट्नी” । यो विधेयकको शीर्षक पनि सुशासन छ । जुन सरकारले अध्यादेशबाट शासन गर्छ, त्यो सरकारले सुशासनको कुरा गर्दा पत्याउने कसले ? सरकारमै भएका सांसदहरूले यही सरकारले मतदान गरेका मतदाताले पत्याउनुहुन्छ ? छातीमा हात राखेर भन्नुस् त ?

    तपाईंहरूलाई कात्तिक थियो, मङ्सिर थियो, पुस थियो, त्यत्रो तीन महिना, चाररचार महिना तपाईंहरूले संसद्को बैठक बोलाउनु सक्नुहुन्थ्यो । प्रतिपक्षले किन यति चाँडै संसद् बोलाएको भनेर छेकबार त गर्ने थिएन । त्यसो हुनाले कुरा धेरै बुझिसकिएको छ । सुशासन त तपाईंहरूले दिनै सक्नुहुन्न किनभने तपाईहरू फसिसक्नुभएको छ ।

    तपाईंहरूका नीति कस्ता छन् ? घोषणापत्रमा के के लेख्नुभएको छ ? जनतालाई भाषण गर्दा के के भन्नुहुन्छ तपाईंहरूले ? मैले कान सुन्न छोडेको छैन, अझै सुन्दैछु । त्यसो भएको हुनाले यो जुन शीर्षक छ, तपाईंहरूले सुशासन दिने भन्ने कुरा, यो सातरसात महिनामा सम्पत्ति विवरण बुझाउन त सक्नुहुन्थ्यो नेपाली जनताका अगाडि ।

    तपाईंहरूले बुझाउन सक्ने सम्पत्ति के हो ? कति छ ? तपाईंहरूलाई कस्तो बाधा परेको छ ? तपाईंहरूको मर्का मैले बुझिसकेँ ।

    तपाईंहरूसित मैले धेरै लामो समयदेखि सँगै राजनीति गरेको छु । चाहे संसद्मा होस् चाहे, आन्दोलनमा होस्, तपाईंहरू अहिले सांसद हुनुहुन्छ, मन्त्री हुनुहुन्छ ? तपाईंहरूको हैसियत के छ ? कहाँ पुग्नुभएको छ, सम्पत्ति कमाउने मामिलामा ?

    मै छु उदाहरण । तपाईंहरू केको सुशासनको कुरा गर्नुहुन्छ ? तपाईंहरू नराम्ररी फस्नुभएको छ । तपाईंहरू फसेकै कारणले हामीले यति गरेर ल्याएको गणतन्त्र र बहुदल घेरामा परेको देख्नुभएको छैन ? के त्यो कुनै विदेशीका कारणले हो ? लोकतन्त्र विरोधी, गणतन्त्र विरोधीका कारणले हो ? होइन नि । हिँजो पनि हामीले कुरा गऱ्यौं । अस्ति पनि कुरा गऱ्यौँ । त्यसो हुनाले हाम्रा सिद्धान्त के हुन ? हाम्रो कार्यक्रम के हो ? हामीले घोषणापत्रमा के लेखेका छौँ । त्यसअनुसार हामीले देश चलायौँ कि चलाएनौँ ? हामीले आचरणमा अभ्यस्त भयौँ कि भएनौँ ? सुशासन भनेको के हो ?

    नेपाललाई छोडेर विदेशमा गएर त्यहाँ सम्पत्ति कमाएर हुनेखाने भइसकेपछि नेपालको नागरिकता पनि छोडेर प्रवासी भएर फेरि उताको रङरोगन भइहाल्यो । अब नेपालमा फाइदा उठाउन आउनेहरूलाई तपाईंहरूले के नीति अपाउनुभएको छ ? उनीहरूलाई आर्थिक, सामाजिक, सांस्कृतिक अभ्यास त हामीले दिएकै छौँ नि अनि तपाईंहरूले दिन खोजेको के हो ? गैरआवासीय नेपालीलाई तपाईंहरूले दिन खोजेको के हो ? हाम्रा नेपालीहरू जहाँ जहाँ छन्, संसारमा छरिएर रहेका छन्, तिनीहरूलाई त्यो सुविधा छ ? त्यसकारण मैले यहाँहरूलाई के सुझाव दिन्छु भने अझै पनि यदि लोकतन्त्र खतम हुन्छ भने लोकतन्त्र विरोधी, गणतन्त्र विरोधीका कारणले होइन, हाम्रै आचरण, हाम्रै चरित्र, हाम्रो बोलीका कारणले हो ।

    सात महिनामा आफूले कमाएको सम्पत्तिको विवरण बुझाउन नसक्ने वा नचाहने सरकारले अनि ठुला ठुला कुरा गरेर किन दुनिया हँसाउने ? त्यसकारणले समय छ । हामी सच्चिनुपर्छ । यदि हामी सच्चिएनौँ भने संसारले देख्नेछ । जनताले देख्नेछ । हामी सच्चिऊँ । मैले तपाईंहरूलाई घोचपेच गर्न भनेको हैन । हामी सबैले आर्जेको प्रणालीलाई हाम्रै कारणले खतम भयो भने के हुन्छ ?

    बुधबार, फागुन २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.