रवि पौडेल ##
Advertisement
१)
जोगाउँ वनजङ्गल
वातावरण बचाऊँ यहाँ
नगरौँ कसैले दङ्गल
२)
वन्यजन्तु बचाउनुपर्छ
जङ्गलमा आगा लागी देख्दा
मानिसको आँसु झर्छ
३)
देखेर काम गरौँ
छ सबै अधुरो
समाजमा सन्देश भरौँ
४)
देश बिग्रिँदै गयो
भ्रष्टाचार र गरिबीले
राज्य दलाली भयो
५)
इतिहास नियमित पढौँ
पुर्खाहरूको रगत पसिना
सम्झेर अघि बढौँ
६)
तिनीहरू समृद्धि भनिरहेका
आशामा गयो जीवन
विमानस्थलमा लास गनिरहेका
७)
ढलेर फेरि उठ
धुलो झार्दै तिमी
सङ्घर्षको मैदानमा जुट
८)
मिठो बासना चमेली
जथाभावी नगरौँ कोही
बोल मुख समेली
९)
छ ठुलो रुख
पानी ओत लाग्दैन
दिन्छ सधैँ दुःख
१०)
बाँधिएका छन् हात
समाजमा चलेको रीति
वर्गविभाजित जात
११)
संस्कृति, संस्कार, धर्म
मानिसले टाउको समाती
भन्छन् जीवनको कर्म
१२)
मठमन्दिर पाठ
जति धर्म अपनाऔँ
जानुपर्नेछ मसानघाट