काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौँ महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना तिरेको छ ।
आइतबार पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँ फिर्ता हुँदा स्वागतका लागि राप्रपासहितका राजावादीहरूले काठमाडौँमा प्रदर्शन गरेका थिए। उक्त प्रदर्शनका क्रममा महानगरभित्र फोहोर भएको भन्दै काठमाडौँ महानगरले एक लाख रुपैयाँ जरिवाना तिराएको थियो।
राप्रपाका संसदीय दलका प्रमुख सचेतकसमेत रहेका ज्ञानेन्द्रबहादुर शाहीले महानगरको खातामा एक लाख रुपैयाँ महानगरको खातामा दाखिला गरेको जानकारी दिए।
उनले भने, ‘हामी राप्रपा सुशासन मान्छौँ र विधिको शासन मान्छौँ राजाको स्वागतमा आएका लाखौँ आमाबुवा दाजुभाई बहिनीहरूले हिँड्दा बाटोमा केही कुल्चिए होलान् महानगर नगरपालिकाको निर्णयलाई हामी स्वीकार्दछौँ ।’
प्रमुख सचेतक शाहीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एक लाख रुपैयाँ हामीले काठमाडौँ महानगरपालिकाको खातामा दाखिला गरेका छौँ ।’