• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

राजावादी खतरा विरुद्ध लोकतान्त्रिक तथा गणतान्त्रिक शक्तिबिच ऐक्यबद्धता आवश्यक : राजमो


  •   आइतबार, फागुन २५, २०८१ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले राजावादी खतराका विरुद्ध देशका सम्पूर्ण लोकतान्त्रिक तथा गणतान्त्रिक शक्तिबिच ऐक्यबद्धता आवश्यक रहेको धारणा व्यक्त गरेको छ ।

    Advertisement

    अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०८१ फागुन २५ गते आइतबार जारी प्रेसवक्तव्यमार्फत् राजमोले सो धारणा व्यक्त गरेको हो ।

    प्रेसवक्तव्यमा वर्तमान सत्ताधारीका कुशासनका कारणले राजावादी चलखेलमा मदत पुगेको उल्लेख छ । साथै वक्तव्यमा निरङ्कुश राजतन्त्रमा त्यसभन्दा पनि गम्भीर प्रकारको कुशासन कायम रहेको तथा राष्ट्रियमाथि गम्भीर प्रकारले आँच पुग्ने गरेको पनि स्मरण गराइएको छ ।

    विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बक्यौता रकम उठाउन खोज्दा कारबाही गर्न खोज्नुलाई राजमोले गलत मानेको छ । त्यसका साथै कुलमानले ओली सरकार आएपछि मात्रै बक्यौता रकम भुक्तान नगर्ने उद्योगपति र व्यवसायीको राजस्व उठाउन खोज्ने रवैयाबारे स्पष्टीकरण दिनुपर्ने धारणा राजमोको छ ।

    अमेरिकाबाट अवैध प्रवासीको नाममा नेपालीलाई हत्कडीसहित नेपाल फिर्ता पठाउनुलाई राजमोले अन्तर्राष्ट्रिय मानवअधिकारको उल्लङ्घन भएको बताएको छ । यस सन्दर्भमा मानव तस्करका कारबाही छानबिन गर्नुपर्ने आवश्यकतामा जोड दिइएको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
    “राष्ट्रिय जनमोर्चाले २०८१ चैत २४ गतेदेखि ३० गतेसम्म सङ्घीयताका विरुद्ध राजधानीकेन्द्रित आन्दोलन गर्दैछ । त्यो आन्दोलनलाई सम्पूर्ण रूपले सहयोग गर्नका लागि हामीले सबै न्यायप्रेमी जनतासित अपिल गर्दछौँ ।

    फागुन ७ गते पूर्व राजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिपछि राजावादीले राजतन्त्रको पुनर्स्थापनाको लागि आफ्नो अभियानलाई बढाएर लगेका छन् । उनीहरूले देशका कतिपय भागमा विभिन्न कार्यक्रम आयोजना गरेका छन् । फागुन २५ गते पोखराबाट काठमाडौँ आउँदा पूर्व राजाको भव्य स्वागत गर्ने उल्लेख गरेका छन् । उनीहरूका यी सबै गतिविधिबाट गणतन्त्र र धर्मनिरपेक्षताका साथै जनताको आन्दोलन र सङ्घर्षबाट प्राप्त उपलब्धिमाथि खतरा बढेर गएको छ ।

    देशमा प्रतिगमनको खतरा धेरै नै बढेर गएको कुराको हामीले बारम्बार चेतावनी दिँदै आइरहेका छौँ । विगतमा त्यस प्रकारका खतराका विरुद्ध देशमा लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षताका पक्षमा जनताको एकताबद्ध आन्दोलन हुने गरेका छन् । त्यस्ता आन्दोलन उठान गर्नका लागि विभिन्न लोकतन्त्रवादी शक्तिबिच कार्यगत एकता वा गठबन्धन हुने गरेको छ । त्यस्ता गठबन्धन वा कार्यगत एकताहरू २०४६ वा २०६२–६३ सालका जनआन्दोलनमा गरिएका थिए । राजावादीका साथै केपी शर्मा ओलीले अपनाएका प्रतिगामी नीतिका कारणले देश प्रतिगमन र अधिनायकवादतिर जाने खतरा बढेको बेलामा पनि पाँचदलीय गठबन्धन बनेको थियो । त्यो गठबन्धनका कारणले ओलीको प्रतिगमनलाई पराजित गर्नु सम्भव भएको थियो तर प्रचण्डको अवसरवादी वा पदलोलुप क्रियाकलापका कारण प्रतिगमनका विरुद्ध बनेको गठबन्धन टुट्न गएको छ र त्यसबाट पनि राजावादीलाई बल पुगेको छ । देशमा प्रतिगमनको खतरा बढेको बेलामा गणतन्त्र र धर्मनिरपेक्षता पक्षधर शक्तिको कार्यगत एकता वा गठबन्धनको आवश्यकताप्रति हामीले अहिले पनि जोड दिन्छौँ ।

    अहिले देशमा जुन प्रकारको परिस्थिति सिर्जना भएको छ, त्यसमा सरकारले अपनाएका गलत नीति, कुशासन वा भ्रष्टाचारको ठुलो भूमिका रहेको छ । त्यसरी जनतामा पैदा भएको असन्तोष र स्वयम् गणतन्त्रप्रति बढ्दै गएको वितृष्णाका कारणले पनि पुनरुत्थानवादी शक्तिलाई धेरै बल पुगेको छ तर नेपाली जनताले युगौँयुगदेखि सङ्घर्ष तथा त्याग र बलिदान गरेर प्राप्त गरेको गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्नु अहिले नेपालको राष्ट्रिय र ऐतिहासिक आवश्यकता बनेको छ । त्यसैले हामीले सम्पूर्ण लोकतान्त्रिक तथा गणतान्त्रिक शक्तिबिच ऐक्यबद्धता कायम हुनुपर्ने आवश्यकतामा जोड दिन्छौँ । त्यसरी लोकतन्त्रवादी र गणतान्त्रिक शक्तिबिचको ऐक्यबद्धता र कार्यगत एकताबाट नै देशलाई पश्चगमन वा निरङ्कुश राजतन्त्रतर्फ धकेल्ने प्रतिगामीको प्रयत्नलाई असफल पार्न वा पराजित गर्न सम्भव हुनेछ ।

    राजावादीले नेपालको राष्ट्रियतामाथि विदेशी हस्तक्षेप बढ्दै गएको, भ्रष्टाचार, कुशासन बढेको वा महिलामाथि बलात्कार र हत्यासमेत बढ्दै गएका कुरा बताएर ती समस्याको समाधानका लागि राजतन्त्रको पुनर्स्थापना हुनु आवश्यक भएको बताइरहेका छन् । उनीहरूको त्यस प्रकारको प्रचारका पछाडि गणतन्त्रलाई बदनाम गर्ने र निरङ्कुश राजतन्त्रका पक्षमा जनमत तयार गर्ने उद्देश्य रहेको स्पष्ट छ । वास्तविकता यो हो कि राजतन्त्रको बेलामा नेपालमा कोतपर्वलगायतका कैयौँ हत्याकाण्ड, महिलामाथिका बलात्कार, भ्रष्टाचार, तस्करी भएको कुरा इतिहास साक्षी छ । २०५८ सालमा नारायणहिटी दरबार हत्याकाण्ड पनि राजाकै पालामा घटेको घटना थियो ।

    राजतन्त्रको बेलामा नेपालमा राष्ट्रियता विरुद्धका सन्धिसम्झौता भएका कैयौँ ऐतिहासिक विवरण प्रमाणका रूपमा रहेका छन् । राजा त्रिभुवनले नेपाललाई भारतमा मिलाउनका लागि नेहरूसित अनुरोध गरेको कुरा बारम्बार सार्वजनिक हुने गरेका छन् । नेपालमा राजाको शासन भएका बेलामा नै भारतले कालापानीमा कब्जा गरेको थियो र त्यसका विरुद्ध तत्कालीन राजाहरूले कहिल्यै पनि आवाज उठाएका थिएनन् । अहिले पूर्व राजाले पनि नेपालमा राजतन्त्र पुनर्स्थापना वा धर्मनिरपेक्षतालाई समाप्त गर्नका लागि भारतका कट्टर हिन्दुवादी शासक वर्गको समर्थन प्राप्त गर्ने प्रयत्न गरिरहेको आम रूपमा थाहा भएको कुरा हो । त्यो अवस्थामा राजाको शासन कायम भएपछि देशको राष्ट्रियता वा अखण्डताको रक्षा हुनेछ भन्ने सोच्नु गम्भीर गल्ती हुनेछ ।

    अहिले देशमा कुशासन चलिरहेका कारणले र सरकारले साम्राज्यवादी शक्तिप्रति सम्झौतापरस्त नीति अपनाएकोले नेपालको राष्ट्रियतामा धेरै नै आँच पुगेको छ । त्यसका विरुद्धमा देशभक्त जनताले सशक्त आवाज उठाउन आवश्यक छ तर देशलाई प्रतिगमनतिर लगेर वा राजाको शासन कायम गरेर उक्त समस्या समाधान कहिल्यै पनि हुन सक्दैन । देशलाई अग्रगमनको दिशामा लगेर नै कुशासनलाई समाप्त गर्न सकिन्छ र राष्ट्रियतालाई पनि बलियो बनाउन सकिन्छ । त्यसकारण राजावादीद्वारा फैलाइएका सबै भ्रमबाट मुक्त भएर देशलाई अग्रगमनको दिशामा लैजानका लागि सङ्घर्ष गर्नुपर्ने आवश्यकतामा राष्ट्रिय जनमोर्चाले विशेष जोड दिन्छ ।

    नेपालका उद्योगपति वा व्यापारीसित विद्युतको अर्बौँ रुपैयाँ राजस्व उठ्न बाँकी रहेको र कुलमानले त्यो राजस्व नबुझाउने उद्योगपति वा व्यापारीको बिजुली लाइन काट्न खोजेको र ओली सरकारले त्यसरी काट्न नदिएकोसम्बन्धी विवाद चर्को रूपले बाहिर आएको छ । राजस्व नतिर्ने व्यापारी वा उद्योगपतिको लाइन काट्ने कुलमानको नीतिलाई हामीले गलत मान्दैनौँ । उनले गरेको त्यस प्रकारको कारबाहीमा बाधा हाल्ने ओली सरकार वा ऊर्जामन्त्रीको नीति गलत भएको कुरा प्रस्ट छ । त्यही कारण दर्शाएर कुलमानलाई बर्खास्त गर्ने सरकारको षड्यन्त्रमूलक कारबाहीलाई पनि हामीले गलत मान्दछौँ ।

    उद्योगपति र व्यापारीसित विद्युतको राजस्व ओली सरकारमा आउनुभन्दा पहिलेको अर्बौँ राजस्व पनि बाँकी रहेको थियो तर त्यो बेला त्यो राजस्व उठाउनु वा विद्युतको लाइन काट्न कुनै प्रयत्न गरिएको थिएन । ओली सरकारमा आएपछि नै त्यसरी बिजुलीको लाइन काट्न प्रयत्न गरिएको थियो । पहिले त्यसरी राजस्व उठाउन वा राजस्व नतिर्ने उद्योगपति वा व्यापारीको लाइन काट्ने कार्य किन गरिएन र ओली सरकारमा आएपछि नै कुलमानले किन त्यसका लागि पहलकदमी गरे रु यसबारे उनले स्पष्टीकरण दिनुपर्ने आवश्यकता छ तर यो कुरा जेसुकै भए पनि विद्युतको राजस्व नतिरेको कारणले लाइन काट्न कुलमानले जुन प्रयत्न गरेका छन्, त्यसलाई हामीले सही मान्दछौँ । उनको त्यो कार्यलाई आधार बनाएर उनीमाथि भइरहेको षड्यन्त्रमूलक कारबाहीलाई हामीले गलत मान्दै त्यसको विरोध गर्दछौँ ।

    अमेरिकामा अवैध रूपले बसेका नेपालीलाई अमेरिकाले नेपालमा फिर्ता पठाएको छ । त्यस सन्दर्भमा उनीहरूलाई नेल र हत्कडी लगाएर पठाएको कार्यप्रति हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ । अमेरिकाको त्यो कार्य अन्तर्राष्ट्रिय कानुनका विरुद्ध र मध्ययुगीन प्रकारको कारबाही हो । अमेरिकाको त्यस प्रकारको व्यवहारप्रति हाम्रो पार्टीले घोर निन्दा र भर्त्सना गर्दछ । हामीले उक्त घटनाको विरोध गर्नुपर्ने आवश्यकताप्रति नेपाल सरकारका साथै त्यस प्रकारको अमानवीय कारबाहीका विरुद्ध आवाज उठाउनका लागि सम्पूर्ण न्यायप्रेमी जनताको ध्यान आकर्षित गर्न चाहन्छौँ । नेपालीलाई मानव तस्करी गरेर ठुलो रकम असुली अमेरिका पठाउने कार्य गर्ने मानव तस्करलाई कडा कारबाही गर्नका लागि हामीले सरकारसित माग गर्दछौँ । यसका साथै संसारका विभिन्न देशमा मानव तस्कर गरी महिला तथा पुरुषलाई विदेश पठाउने धन्धा गर्ने मानव तस्करको आवश्यक छानबिन गरी कारबाहीका लागि सशक्त कदम उठाउन हामीले सरकारसित माग गर्दछौँ ।”

    आइतबार, फागुन २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन
    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • २.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ३.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ४.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ५.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ६.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ८.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.