दाङ । दाङको राप्ती गाउँपालिकामा एक सय पन्ध्रौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ ।
अखिल नेपाल महिला सङ्घ राप्ती पालिका समितिको आयोजनामा २०८१ फागुन २४ गते शनिबार सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सङ्घकी दाङ जिल्ला उपाध्यक्ष कमला बेलबासे र राजमो नेता प्रेमनारायण आचार्य विशिष्ट अतिथि हुनुहुन्थ्यो ।
त्यस्तै, कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय उपाध्यक्ष रमेशमान गुरुङ, अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सदस्य केशवराज खनाल, राजमो दाङका सदस्य ठाकुरप्रसाद आचार्य र गिरबहादुर पौडेल, महिला सङ्घ दाङकी सल्लाहकार हुमा मासकी र राजमो राप्तीका बाबुराम थापाको पनि आतिथय रहेको थियो ।
महिला सङ्घ राप्तकिा अध्यक्ष कृष्ण पोख्रेलको अध्यक्षतामा अघि बढेको कार्यक्रममा हस्ता आचार्यले स्वागत मन्तव्य राख्नुभएको थियो ।
वक्ताहरूले महिला मुक्ति आन्दोलन तथा सङ्घीयता खारेजीको बारेमा धारणा राख्नुभएको थियो ।