काठमाडौँ । पाँच महिला सङ्गठनले काठमाडौँमा जुलुससहित एक सय पन्ध्रौँ श्रमिक महिला दिवस मनाउने भएको छ ।
Advertisement
२०८१ फागुन २४ गते (८ मार्च) शनिबार सो कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमको पूर्वार्द्धमा माइतीघर मण्डलादेखि दिउँसो ११ बजेदेखि जुलुस सुरु हुनेछ । नयाँबानेश्वरमा पुगेपछि सो जुलुस सभामा परिणत हुनेछ ।
कोणसभालाई अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुन, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) की अध्यक्ष अमृता थापा, अखिल नेपाल महिला सङ्घ (समाजवादी) की अध्यक्ष जयन्ती राई, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी अध्यक्ष बन्धु चन्द र नेपाल समाजवादी महिला सङ्घकी अध्यक्ष होमकुमारी दोङले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।