नेपालगन्ज । राष्ट्रिय जनमोर्चा बर्दियाले संघीयता विरुद्ध बारबर्दियाको जयनगरमा कोणसभा गरेको छ ।
आगामी चैत २४ गतेदेखि हुने काठमाडौँ केन्द्रित संघीयता विरुद्धको आन्दोलनको तयारीका क्रममा उक्त सभा गरिएको हो।
कार्यक्रममा अखिल नेपाल किसान महासंघ (अफ्फा) का महासचिव तुलसीराम साप्कोटा, अखिल नेपाल युवक संघका केन्द्रीय सल्लाहकार कृष्णराज पान्डे, राजमो बाँकेका उपाध्यक्ष जगदीश ढकाल, राजमो बर्दियाका कार्यवाहक अध्यक्ष नुमलाल रेग्मी लगायतले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा वक्ताहरूले संघीयता विरुद्ध आन्दोलनको आवश्यकतामा जोड दिनुभएको थियो ।
साथै, राष्ट्रिय राजनीति तथा स्थानीय समस्याबारे पाटीको धारणा राख्नुभएको थियो ।
राजमोले आगामी चैत २४ देखि काठमाडौँ केन्द्रित आन्दोलन गर्दैछ । त्यसको तयारीका क्रममा जिल्ला–जिल्लामा भेला, प्रशिक्षण, सभा, जुलुसलगायत प्रचारात्मक कार्यक्रम गरिरहेको छ ।