काठमाडौँ । ललितपुरको टिकाथलीमा पानीका लागि खनिएको बोरिङबाट आगोको ज्वाला निस्किएको छ।
Advertisement
पानी छ्यापेर आगो निभाउने प्रयास भए पनि आगो निभेको छैन। पाइप गाडेकै ठाउँबाट आगोको ज्वाला निस्किएपछि बोरिङ गर्ने काम पनि रोकिएको छ।
करिब ९ सय फिट (तीनसय मिटर) खनिसकेपछि आगोको ज्वाला निस्किएको हो।
बोरिङको लागि पाइप गाडेको ठाउँमा आगोको ज्वाला दन्किएपछि निभाउने प्रयास भइरहेको प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए।
भूमिगत ग्यासको कारण त्यहाँ आगोको ज्वाला निस्किएको अनुमान गरिएको छ।
आगाको ज्वाला निस्किएको ठाउँ भन्दा स्थानीयका घर केही पर भएकाले खतरा नरहेको प्रहरीले जनाएको छ।