दीप गोले तामाङ ##
Advertisement
साम्राज्यवादसँग त सम्झौता गरिँदैन ।
तिम्रो त्यो सङ्घीयताले हाम्रो पेट भरिँदैन ।१।
एमसिसीको नाममा खर्ब अर्ब खाएछन् ।
मर्ने बेलामा पनि सुखले अब मरिँदैन ।२।
नेताको चारपाटा मोडेर लखेट्ने दिन आयो ।
एक एक फाँसी दिदा पनि न्याय ठहरिँदैन ।३।
बरु भोकै किन बस्नु नपरोस् महोदय ।
स्वाभिमान बेच्न अघि कहिल्यै सरिँंदैन ।४।
सङ्घीयता खारेज गरेरै छाड्छौँ सडकमा गएर ।
क्रान्तिको लागि जीवन दिन अब पछि परिँदैन ।५।