तानसेनबजार । अखिल (छैठौं) पाल्पाको तेस्रो जिल्ला भेला सदरमुकाम तानसेनबजारमा सम्पन्न भएको छ ।
युनियनका महासचिव पुरन पोख्रेलको प्रमुख आतिथ्यमा २०८१ फागुन १७ गते शनिबार सो कार्यक्रम सम्पन्न भएको हो ।
मैनबत्ती बालेर भेलाको उद्घाटनपछि मन्तव्यका राख्दै महासचिव पोखरेलले वर्तमान नेपालको शिक्षा बेरोजगार उत्पादन गर्ने कारखाना भएको विश्लेषण गर्नुभयो ।
नेपालको शिक्षाप्रणालीलाई नेपाली माटो सुहाउँदो बनाउनुपर्नेमा उहाँले जोड दिनुभएको थियो ।
उहाँले भन्नुभयो–’उच्च शिक्षा हासिल गर्नकै लागि हजारौँ विद्यार्थी विदेशिएको र अर्बौं रुपियाँ बाहिरिएको अवस्थाले देशको अर्थतन्त्रमा नै समस्या भइरहेको बनाउनुभयो ।
भेलालाई राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सोमकुमार कार्की, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय उपाध्यक्ष टीकाराम पौडेल, राजमो पाल्पाका अध्यक्ष विशाल दर्लामी, अखिल नेपाल शिक्षक सङ्घका प्रतिनिधि रूपचन्द्र थापालगायतले शुभकामना दिनुभएको थियो ।
अध्यक्षमा दर्लामी
भेलाले ज्योती दर्लामी अध्यक्ष रहनुभएको १३ पूर्ण चार सल्लाहकारसहित १७ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा सुस्मिता गाहा, सचिवमा जानकी राना, सहसचिवमा मनिषा सिँजाली र कोषाध्यक्षमा करिना चित्रे रहनुभएको छ ।
त्यस्तै, सदस्यमा अन्जली फाल, युगेश सारू, अमृत गैरे, सन्जु गैरे, अस्मिता चित्रे, यमु सिँजाली, सबिता खाम्चा र एक रिक्त रहेको छ ।
भेलाले अंशु ठडराई, खुमी पुलामी, शक्ति सिँजाली र शुस्मा आलेलाई सल्लाहकारमा चयन गरेको छ ।
भेलाको सञ्चालन सुस्मिता गाहाले, अध्यक्षता ज्योती दर्लामीले र स्वागत जानकी रानाले गर्नुभएको थियो ।






