कावासोती । राष्ट्रिय जनमोर्चाले नवलपुरका विभिन्न तीन स्थानमा सङ्घीयता विरुद्ध कार्यक्रम सम्पन्न गरेको छ ।
नवलपुरको हुप्सेकोट गाउँपालिकाका झ्यालबास, गिरबारी र बेलुवापानी घट्टचोकमा २०८१ फागुन १७ गते शनिबार सो कार्यक्रम सम्पन्न भएका हुन् ।
झ्यालबासबजारमा सम्पन्न कोणसभालाई नेकपा (मसाल) नवलपुरका प्रवक्ता चन्द्र सापकोटा र जातीय समता समाजका केन्द्रीय सदस्य लक्ष्मी विकले सम्बोधन गर्नुभएको थियो ।
राजमो हुप्सेकोट पालिका समितिका अध्यक्ष मानबहादुर लामाको अध्यक्षता तथा भक्त उचैको सञ्चालनमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

त्यस्तै, गिरबारी चौपारीमा सम्पन्न कार्यक्रमलाई अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का महासचिव शालिकराम सापकोटाले सम्बोधन गर्नुभएको थियो भने अध्यक्षता र राजमो हुप्सेकोट पालिका समितिका अध्यक्ष मानबहादुर लामाले गर्नुभएको थियो ।
त्यसैगरी, बेलुवापानी घट्टचोकको कार्यक्रममा वक्ता राजमो केन्द्रीय सदस्य भागिरथ भट्टराई र रक्तिम सांस्कृतिक अभियान नवलपुरका सल्लाहकार ऋषिराम कँडेलले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रमको अध्यक्षता राजमोका वरिष्ट सदस्य दिलबहादुर साठीघरेले र सञ्चालन सूर्य छन्त्यालले गर्नुभएको थियो ।
सबै कोणसभामा राजमो नवलपुरका अध्यक्ष गिरबहादुर महतराले सङ्घीयता विरुद्वको केन्द्रीय समितिद्वारा सार्वजनिक गरिएको वक्तब्य वाचन गर्नुभएको थियो ।
कोणसभापूर्व सहभागीले सङ्घीयता विरुद्ध नारा घन्कयाउनुका साथै र सिठी फुक्ने कार्यसमेत गरिएको थियो ।






