• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अन्तर्राष्ट्रिय नेपाली एकता समाजको आठौँ भेला सम्पन्न, अध्यक्षमा बुढाथोकी, महासचिव रायमाझी


  •   शनिबार, फागुन १७, २०८१ मा प्रकाशित
  • काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजको आठौँ राष्ट्रिय भेला अध्यक्षमा शक्तमान बुढाथोकी (हङकङ) र महासचिवमा खुम रायमाझी (कुवेत) लाई चयन गर्दै सम्पन्न भएको छ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीको प्रमुख आतिथ्यमा २०८१ फागुन १६ गते शुक्रबार अबेर राती सो भेला सम्पन्न भएको हो ।

    भेलाले चयन गरेको २७ पूर्ण, नौ वैकल्पिक सदस्य र नौ सल्लाहकारसहित ४५ सदस्यीय केन्द्रीय समितिको उपाध्यक्षमा तोयनाथ कँडेल (बेल्जियम), प्रेम पौडेल (भारत), दण्ड केसी (जापान), सचिवमा तेजेन्द्र क्षेत्री (जापान) र कोषाध्यक्षमा छवि बस्नेत (ओमन) रहनुभएको छ ।

    समितिको सदस्यमा अर्जुन सुनार (बेलायत), ठाकुर खनाल (भारत), देवनारायण पोखरेल (बहराइन), अमर छन्त्याल (आयरल्यान्ड), प्रकाश थापामगर (नेपाल), रेशम कँडेल (अमेरिका), अर्जुनप्रसाद उपाध्याय (युएई), अमृता रानाथापा (हङकङ), धनबहादुर केसी (बेलायत), राजेश छन्त्याल (पोर्चुगल), ध्रुव गौतम (डेनमार्क), केशव खनाल (मलेसिया), ऋषि पौडेल (दक्षिण कोरिया), गणेश पोख्रेल (सउदी अरब), कृष्ण भुसाल (युएई), रामप्रसाद पराजुली (कतार), मीनराज पुन (कतार), करुण पौडेल (दक्षिण कोरिया), प्रसान्त सुवेदी (अस्ट्रेलिया) र नेत्र राना (क्यानडा) रहनुभएको छ ।

    वैकल्पिक सदस्यमा कविता चौधरी (बेलायत), निशा खनाल (बेलायत), पृथ्वी भट्ट (अस्ट्रेलिया), तारानाथ पोखरेल (रोमानिया), विन्दु खड्का (साइप्रस), इन्दु पन्त (अस्ट्रेलिया), हरिप्रसाद शर्मा (सउदी अरब) तथा दुई स्थान हाललाई रिक्त राखिएको छ ।

    त्यस्तै, सल्लाहकारमा लुमाकान्त पुन (कतार), धनवीर पुन (भारत), दीपक परियार (अमेरिका), ज्ञानेश्वर सापकोटा (लक्जमबर्ग), जीवलाल शर्मा (दक्षिण कोरिया), मीना पुन (हङकङ), विशाल पहाडी (दक्षिण कोरिया), खिम बुढा (कतार) र एक स्थान रिक्त राखिएको छ ।

    एवम् प्रकारले समितिको सचिवालयमा शक्तमान बुढाथोकी, तोयनाथ कँडेल, प्रेम पौडेल, खुम रायमाझी, छवि बस्नेत, ठाकुर खनाल र प्रकाश थापामगरलाई चयन गरेको छ ।

    प्रमुख अतिथि केसीले ब्यानर पढेर उद्घाटन गर्नुभएको सो भेलाको अध्यक्षता शक्तमान बुढाथोकीले, सञ्चालन खुम रायमाझीले र स्वागत खिम बुढाले गर्नुभएको थियो ।

    भेलामा नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरी, राजमो केन्द्रीय सल्लाहकार आनन्द शर्मा, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका उपाध्यक्ष कपिल खनाल, हङकङ नेपाली एकता समाजकी अध्यक्ष अमृता रानाथापा, जापान नेपाली एकता समाजका महासचिव तेजेन्द्र क्षेत्री, मलेसिया नेपाली एकता समाजका अध्यक्ष केशव खनाल, अस्ट्रेलिया नेपाली एकता समाजका प्रसान्त सुवेदी, कतार नेपाली एकता समाजका अध्यक्ष रामप्रसाद पराजुली र सउदी अरब नेपाली एकता समाजका अध्यक्ष खुमिराम भण्डारीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रम बन्दसत्रमा परिणत भएपछि शक्तमान बुढाथोकीले सङ्गठनात्मक प्रतिवेदन, ठाकुर खनालले विधानमा संशोधन प्रस्ताव र प्रकाश थापामगरले आयव्यय रिपोर्ट प्रस्तुत भई पारित भएका थिए । त्यसपछि नयाँ समितिको सङ्ख्या र प्यानल ठाकुर खनालले प्रस्तुत गर्नुभएको थियो ।

    नवनिर्वाचित अध्यक्ष बुढाथोकीले प्रतिबद्धता मन्तव्य राखेपछि राजमो सल्लाहकार शर्माले बधाई ज्ञापन गर्नुभएको थियो ।

    शनिबार, फागुन १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.