हेम बिजी
Advertisement
पढेर खोई कहिले सकिएला उपन्यास कामरेड जलजला?
रातमा पनि पढ्ने थिएँ दिनमा झैँ घाम लाग्ने भए झलझल।
एक हजार तीन सय बिस पेजको यो जलजला उपन्यास
सय पेज पढ्दा पढ्दै त पसिना यसरी छुटाउँछ खलखल ।
सोध्छन् घरमा आउने मान्छेहरू कति दिनमा पढेर सक्छौ?
तर म पढेरै बसेको छु ननिदै दिन रात आँखा हेरेर टलटल।
उपन्यास भरि प्रेम छ, प्रकृति छ, क्रान्तिको नयाँ सन्देश छ
त्यसैले पढ्दा पढ्दै पानी पनि पिएको छैन मैले कलकल।
आजै खोजेर पढौँ यो उपन्यास जीवन दर्शन छ साथीहरू
अनि सँगै बसेर गरौँला नि एक दिन साहित्यिक छलफल।।
